TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बुद्ध सर्किट र लुम्बिनीलाई सहयोग गर्न भारत सधैं तयार छ: भारतीय प्रधानमन्त्री मोदी


बुद्ध सर्किट र लुम्बिनीलाई सहयोग गर्न भारत सधैं तयार छ: भारतीय प्रधानमन्त्री मोदी
ADVERTISEMENT

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदार दास मोदीले नेपाल भारतबीचको सम्बन्धन हिमालजस्तै अटल भएको बताएका छन् । बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्धलाई हिमालजतिकै उचाइ दिनुपर्ने बताएका हुन् ।


‘भारत र नेपालबीचको सम्बन्ध हिमालजस्तै अटल छ, हिमालजस्तै पुरानो छ । त्यो नैसर्गिक र अस्वभाविक सम्बन्धलाई हिमालजतिकै उचाइ दिन जरुरी रहेको भारती प्रधानमन्त्री मोदीले भने ।

उनले नेपाल र भारतबीच भएको खानपान, रीतिरिवाज र पारिवारिक सम्बन्धनजस्तै इन्फास्टक्चर र प्रविधिमा पनि सहयोग गर्न भारत हरदम तयार रहेको बताए । नेपालीमै सम्बोधन गर्दै उनले भने, ‘नेपाल र भारतबीचको मित्रताले मानवीय संकल्पलाई पूरा गर्न दुवै देशले यसैगरी काम गरिरहन्छ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री मोदीले,‘नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा छुट्टै अध्यात्मिक अनुभूति हुने समेत बताए । उनले यसको मूल कारण यहाँका प्राचीन सभ्यता, तीर्थस्थल, मठ–मन्दिर र सर्वोच्च शिखर सगरमाथा भएको बताए । उनले विगत सम्झिदैं भने , ‘ म जनकपुर आउँदा भनेको थिएँ– नेपाल बिना राम पनि अधुरो छन् । नेपाल र भारतबीच प्राचीनकालदेखि अद्भूत सम्बन्ध रहँदै आएको छ । त्यसलाई दुबै देश मिलेर समृद्धितर्फ अगाडि बढँउनुपर्छ । नेपाल र भारतको विरासतलाई मिलेर समृद्ध बनाउँ । बुद्ध सर्किट र लुम्बिनीलाई सहयोग गर्न भारत सधैं तयार छ ।’

यस्तै नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीको उपस्थितिमा दुई देशबीच विभिन्न पाँचवटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतका प्रतिनिधि मण्डलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रको पूर्ण विवरण

१. लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

२. सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) र त्रिभुवन विश्वविद्यालयसँग इन्डियन काउसन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

३. काठमाडौं विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) सँग सम्झौता ।

४. काठमाडौं विश्वविद्यालय र नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासवीच सम्झौता ।

५. अरुण ४ निर्माण गर्न एसजेभीएन कम्पनीबीच सम्झौता ।

यसैबीच, भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास समेत गरेका छन् ।

नेपालको एकदिने भ्रमणको क्रममा सोमबार बिहान लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री मोदी अहिले लुम्बिनीमा आयोजित विभिन्न समारोहमा सरिक भएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

देशको ५९ स्थानीय तहमा कांग्रेस निर्वाचित भई पहिलो स्थानमा पुग्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य