जनकपुरधाम । धनुषा जिल्लास्थित जनकनन्दिनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष पदका उम्मेदवार दिपेन देव यादव निर्वाचित हुनुभएको छ ।
जिल्लाको जनकनन्दिनी गाउँपालिकामा सोमबार अबेर राति सम्पन्न भएको मतगणाबो परिणामबाट जसपा नेपालका उम्मेदवार यादव भएका हुन् ।
पालिकाका नव निर्वाचित यादव ३ हजार १ सय ५७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार सुदेशकुमार चौधरीले २ हजार ७ सय ७८ मत ल्याएको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।
यस्तै उपाध्यमा काँग्रेसकी उम्मेदवार कमला सहगल निर्वाचित हुनुभएको हो । उहाँले २ हजार ९ सय १८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष सहगलकी निकटतम प्रतिद्वन्दी जसपाकी उम्मेदवार गीता सुडीले २ हजार ८ सय ४० मत प्राप्त थिए ।
यस्तै पालिकाको वडा नं. १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार संतोषकुमार गोइत, सदस्यहरुमा नेकपा एसकै मोहन यादव, रामप्रगास हलुवाई, महिला सदस्यमा सिमला देवी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएकी हुन् ।
यस्तै वडा नं. २ को अध्यक्षमा नेपाली कँग्रेसका उम्मेदवार अब्दुल मालिक, सदस्यमा काँग्रेसकै बसीर नदाफ, रामदेव चौधरी, महिला सदस्यमा नेकपा एसकी सोनावती मलाह र दलित महिला सदस्यमा अरहुल्ला देवी निर्वाचित भएका छन् ।
यस्तै वडा ३ को अध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार बिष्णुदेव साह बानिया निर्वाचित हुनुभएको छ । सदस्यमा पनि काँग्रेसकै प्रमोद पासवान र देवशरण मण्डल निर्वाचित हुनुभएको छ भने महिला सदस्यमा काँग्रेसकै सितादेवी चमार र श्रीमती सिता देवी निर्वाचित भएका छन् ।
वडा ४ को अध्यक्षमा काँग्रेसका दिलिपकुमार यादव, सदस्यमा काँग्रेसका गणेशमान कामत केवट र उसमा साफी, महिला र दलित महिलामा पनि काँग्रेसकै बविता राय कुर्मी र शोभाकुमारी सदा निर्वाचित भएका छन् ।
वडा ५ का अध्यक्षम जसपाका अशोककुमार मण्डल सदस्यमा जसपाकै दिपेन्द्र यादव, सन्तोषकुमार साह र महिलामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट ललिता देवी यादव निर्वाचित भएका छन् ।
वडा ६ को अध्यक्षमा जसपाका सूर्यदेव यादव, सदस्यमा जसपमाका महेन्द्र सहनी र मनिष ठाकुर भन् भने महिलामा शान्ति देवी साह र दलित महिलामा सुजान देवी सदा निर्वाचित भएका छन् ।









तपाईको प्रतिक्रिया