जनकपुरधाम । जनकपुरधाममा मोरारी बापुद्वारा रामकथा प्रवचन हुने भएको छ ।
जनकपुरधाम वडा नं. ४ स्थित तिरहुतिया गाछीमा सन्त मोरारी पापुद्वारा जेठ ७ गते शनिबारदेखि १५ गते आइतबार सम्म हुने व्यहोरा पत्रकार सम्मेलन मार्फत राम कथा प्रेमयज्ञ समितिका अध्यक्ष एवं उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए ।
साथै रामकथा प्रवचनमा रामानन्द सागरद्वारा निर्मित धार्मिक धारावाहिक ‘रामायण’मा सीताकी भूमिकामा अभिनय गरेकी दिपिका चिमोरिया समेत जनकपुरधाममा आउन उक्त पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।









तपाईको प्रतिक्रिया