जनकपुरधाम । धनुषाको कमला नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
प्रमुखमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए ।
यस्तै उपप्रमुखमा काँग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन् । उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन् ।









तपाईको प्रतिक्रिया