जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् ।
प्रमुखमा बालेश्वर मण्डल पुनः निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए ।
यस्तै उपमेयरमा काँग्रेसकै विद्या देवी भुजेल पुनः निर्वाचित भएकी छन् । उनले ४ हजार १२५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन् ।









तपाईको प्रतिक्रिया