जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन् ।

बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्री र उपमेयरमा तारादेवी निर्वाचित भएका छन् ।

क्षेत्री १४ हजार २१० मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत पाएका छन् ।

उपमेयरमा स्वतन्त्र उम्मेदवार तारा देवी ९ हजार ७३६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कृष्ण माया गौतमले ८ हजार १८५ पाएकी छिन् ।