जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाको प्रमुख र उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन् ।
सम्पन्न भएको मतगणना परिणाम अनुसार औरही नगरपालिकाको प्रमुखमा लोसपाका प्रदिप कुमार खड्का र उपप्रमुखमा पुनः दोस्रो पटक लोसपा कै रेनु झा विजयी भएकी छिन् ।
खड्काले ६ हजार ६७ मत र उपप्रमुख झाले ५ हजार ८सय ८ मत ल्याएर विजयी भएको औरही निर्वाचन अधिकृत सरोज कुमार गोइतले जानकारी दिए ।

प्रमुखका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सुनिल कुमार यादवले ५ हजार ७ सय ४७ र उपप्रमुखका प्रतिद्वन्दी रेखा यादवले ५ हजार ६ सय ५ मत ल्याएका छन् ।









तपाईको प्रतिक्रिया