जनकपुरधाम । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहपालिका नगराईन नगरपालिकाको प्रमुखमा काँग्रेस उम्मेदवार विजयी भएका छन्।

शुक्रबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार नगरपालिका प्रमुखमा काँग्रेसका विनयकुमार यादव निर्वाचिन भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पजियारलाई ४२ मतान्तरले पराजित गर्दै यादव प्रमुखमा निर्वाचित भएका छन् ।
यादवले ५ हजार ५५६ मत पाएका छन् भने पजियारले ५ हजार ५१४ मत ल्याएका छन् ।

नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी राधादेवी यादव निर्वाचित भएकी छन् । राधादेवीले ५ हजार ७३० मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहलाई पराजित गर्दै उनी उपप्रमुखमा निर्वाचित भएकी हुन् । रञ्जुले ५ हजार ५२३ मत प्राप्त गरेकी छन् ।