जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शैलेन्द्रकुमार यादव निर्वाचित भएका छन् ।
पालिका प्रमुखमा यादवले ५ हजार ४२९ मत प्राप्त गरी दोस्रो पटक निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा पनि उनी सोही पदमै निर्वाचित भएका थिए ।
यस्तै उनका निकटतम प्रतिद्वन्दी लोकान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राम सुहाग यादवले ४ हजार ६७५ मत प्राप्त गरेका छन् ।
पालिका उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार सरिता शर्मा ५ हजार २८१ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उक्त पालिकामा रहेका नौ वडामध्ये पाँच वडामा काँग्रेसका उम्मेदवार विजय भएका छन् भने तीन वडामा लोसपा र एक वडामा एमाले विजयी भएको छ ।









तपाईको प्रतिक्रिया