TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

देशको सातवटै प्रदेशमा १४ वटा पालिका मा स्वतन्त्र उम्मेदवार निर्वाचित


देशको सातवटै प्रदेशमा १४ वटा पालिका मा स्वतन्त्र उम्मेदवार निर्वाचित
ADVERTISEMENT

काठमाडौं । देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ । हालसम्म घोषणा भएका आधिकारिक विवरण अनुसार १४ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रदेश १ मा दुई पालिका अध्यक्षमा स्वतन्त्र विजयी


प्रदेश १ अन्तर्गत भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दाँथल कुमार कुलुङ राई विजयी भएका छन् । उनले एक हजार ८१४ मत प्राप्त प्राप्त गरे । राईको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको महेश राईले एक हजार ७८६ मत ल्याए ।

यसैगरी, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली फराकिलो मतान्तरले विजयी भएका छन् । रुम्दालीले पाँच हजार २१ मत ल्याएका छन् उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का रुप लाल तामाङले तीन हजार ८१६ मत हुन् ।
यस प्रदेशको दुई जिल्ला अन्तर्गत दुई गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी भएका हुन् ।
मधेश प्रदेशमा एक नगरप्रमुख र उपप्रमुख दुवैमा स्वतन्त्र विजयी महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्री विजयी भएका छन् । उनले १४ हजार २१० मत ल्याएका छन् । क्षेत्रीका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका राजु खड्काले आठ हजार ३२३ मत ल्याए ।
बर्दिबास नगरउपप्रमुखमा पनि स्वतन्त्र उम्मेद्वार तारा देवी विजयी भएकी छन् । उनले नौ हजार ७३६ मत ल्याएकी हुन् । देवीले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण माया गौतमले आठ हजार १८५ मत ल्याइन् ।

गण्डकी प्रदेशमा एक गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र विजयी
मनाङ्गको मनाङ ङिस्याङ गाँउपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित विजयी भएका छन् । गुरुङको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए ।
कर्णाली प्रदेशमा दुई नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार

जुम्लाको चन्दननाथ नगरपालिका प्रमुुखमा स्वतन्त्र उम्मेद्वार राजु सिंह कठायत दुई हजार ४०३ मतसहित विजयी भए ।

यसैगरी, कालिकोटको खाँडचक्र नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार कमल बहादुर शाही दुई हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पदमबहादुर शाहीले दुई हजार ३४१ मत प्राप्त गरे ।

यसैगरी, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा मोहनबहादुर केसी र हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा प्यारी लाल शाही विजयी भएका छन् । उनीहरु तीनै जना स्वतन्त्र उम्मेदवार हुन् ।

यसैगरी, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङछेन गुरुङ विजयी भएकी छन् ।

सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिका अध्यक्ष, एक उपमहानगर प्रमुख र एक नगरप्रमुख स्वतन्त्र
धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उनले २६ हजार ८६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वान्दी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे ।
बाजुराको बुढीनन्दा नगरउपप्रमुखमा स्वतन्त्र उम्मेद्वार रामबहादुर बोहरा विजयी भएका छन् । बोहोराले चार हजार ७७ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिता देवी सिंहले तीन हजार ६७७ मत प्राप्त प्राप्त गरिन् ।

यसैगरी, बैतडीको डीलासैनी गाउँपालिका अध्यक्षमा सन्तोष प्रकाश जोशी तीन हजार १८९ मतसहित विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका प्रमुखमा एमाले निर्वाचित

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका प्रमुखमा एमाले निर्वाचित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य