जनकपुरधाम । धनुषास्थित जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएपछि एतिहास दोहोरिएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोरी साह निर्वाचित भएका हुन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत सोमबार समपन्न भएको मतगणनाको अन्तिम नतिजा अनुसार प्रमुखमा स्वतन्त्र उम्मदेवार घण्टाघर छापका साह निर्वाचित भएका हुन् । उनले १३ हजार ४६५ मत प्राप्त गरेका छन् । प्रमुख साहका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाल) का उम्मेदवार शिवशंकर साह (हिरा) ले नौ हजार ५३२ मत प्राप्त गरेका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० प्राप्त गरेका छन् भने निवर्तमान प्रमुख तथा गठबन्धन तर्फका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार लालकिशोर साहले पाँच हजार १९४ मत प्राप्त गरेका हुन् ।
यस्तै उप प्रमुखमा गठबन्धन तर्फका काँग्रेसका उम्मेदवार किशोरी साह निर्वाचित भएका छन् । उनले १५ हजार ५२५ मत प्राप्त पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार रुणा देवी झाले १० हजार ८८५ मत प्राप्त पाएकी छन् ।
निवर्तमान उपप्रमुख तथा लोसपाकी उम्मेदवार रिता कुमारी मिश्रले पाँच हजार ८१७ मत र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले तीन हजार ७७२ मत प्राप्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत २५ वटा वडा रहेका छन् । २५ वटा वडा मध्ये ११ वटा काँग्रेस, ७ वटा एमाले, २ वटा स्वतन्त्र, २ वटा लोसपा, एक जसपा, अर्को एक नेकपा माओवादी केन्द्र र एक वडामा तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका उममेदवार निर्वाचित भएका छन् ।
वडा तर्फका उम्मेदवारहरु वडा १ मा काँग्रेसका दिप नारायण यादव, २ मा काँग्रेसका शिवकुमार साह, ३ मा तराई मधेस लोकतान्त्रिक पार्टीका दिपेन्द्रकुमार साह, ४ मा काँग्रेसका सुरेश झा , ५ मा नेपाल कम्युनिष्ट पाटी (एमाले) का बेचन साहु हलुवाई, ६ मा काँग्रेसका दिनेशप्रसाद गुप्ता, ७ मा काँग्रेसका निरजकुमार साह, ८ मा एमाले का दिनेशकुमार सिंह, ९ मा काँग्रेसका श्री परमेश्वर साह, १० मा स्वतन्त्र उम्मेदवार मिथिलेशकुमार कर्ण, ११ मा काँग्रेसका अर्जुनकुमार चौधरी , १२ मा एमालेका महेन्द्र साह तेली, १३ मा काँग्रेसका जितबहादुर राउत, १४ मा जसपाका पुण्यप्रताप यादव, १५ मा लोसपाका संतोषकुमार साह ,१६ मा काँग्रेसमा रामचन्द्र पजियार, १७ मा नेकपा माओवादी केन्द्रका रामवृक्ष यादव, १८ मा नेकपा एमालेका लक्ष्मेश्वर मण्डल केवट, १९ मा एमालेका विनोदकुमार साह, २० मा एमालेका मोती राइन कवारी, २१ मा काँग्रेसका राज नारायण साह, २२ मा लोकतान्त्रिक समाजवादी पार्टीका विमलेश मिश्र, २३ मा अर्का स्वतन्त्र उम्मेदवार राघवेन्द्रप्रसाद साह, २४ मा एमालेका उपेन्द्र सहनी र २५ मा पनि काँग्रेसकै चन्देश्वर साह निर्वाचित हुनु भएको छ ।









तपाईको प्रतिक्रिया