नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । जनप्रतिनिधीलाई पार्टीका नेताहरु वर्षमान पुन, शक्ति बहादुर बस्नेत, गीरीराजमणी पोखरेल, उर्मीला अर्याललगायतलाई प्रशिक्षण दिनेछन् ।
माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्य गीरीराजमणी पोखरेलले स्थानीय तहको निर्वाचनमा पार्टीको प्रतिनिधिहरुको संख्या केही बढेको बताए । उनले भने, ‘मधेशमा माओवादी केन्द्रलाई घाटा भएको छ। केही स्थानीय तहमा पहिलेभन्दा ५० प्रतिशत हार व्यहोर्नुपरेको छ।’ स्थानीय तहको चुनावी परिणाम बारे समिक्षा तल्लो कमिटीबाट केन्द्रसम्म गरिने बताए ।
स्थानीय, प्रदेश र संघको बजेट ल्याउने तयारीमा नेताहरु जुटेका कारण जेठ २० गते केन्द्रीय कमिटीको भर्चुअल मीटीङ आयोजना गर्ने माओवादी केन्द्रको तयारी छ । स्थानीय तह चुनाव समिक्षा, एमसीसी, पार्टी पूर्णता, संघ र प्रदेश चुनाव तयारी एजेण्डाका रुपमा रहेका छन् ।









तपाईको प्रतिक्रिया