जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिलाई राखेकोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन् ।
स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोजसाह सहित कांग्रेसका निर्वाचित जनप्रतिनिधिले निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेका नवनिर्वाचित जनप्रतिनिधि विरोध गर्दै सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन् ।
बहिष्कार गर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बेचन साह, वडा नम्बर ८ का वडाअध्यक्ष दिनेश सिंह, वडा नम्बर १२ का वडाअध्यक्ष महेन्द्र साह, वडा नम्बर १८ का वडाअध्यक्ष लक्ष्मेश्वर मण्डल, वडा नम्बर १९ का वडा अध्यक्ष विनोद साह, वडा नम्बर २० का वडाअध्यक्ष मोती राइन कवारी, वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनी छन् ।
वडा सदस्यहरुमा वडा नम्बर ३ का मधु कुमारी, सोनावती देवी, रितेश भगत, गणेश ठाकुर, वडा नम्बर ५ का समत अन्सारी वडा नम्बर ८ का वडा सदस्यहरु मुन्नी दास, राजीव कुमार राय, सैलुन मोमिम, रुबी देवी सिंहलगायत ३६ जना जनप्रतिनिधिले पनि शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।











तपाईको प्रतिक्रिया