जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आचारसहिता विपरीत समाचार सम्प्रेषण गर्ने अनलाइन सञ्चारमाध्यमलाई कानुनी कारवाही हुनु पर्ने बताउनुभयो ।
मधेश प्रदेश आमसञ्चार प्राधिकरणद्वारा शुक्रबार आयोजित अनलाइन सञ्चारमाध्यम दर्ता एंवम् नविकरण तथा कार्यालयको वेबसाइड शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै मन्त्री साहले बिना दर्ता भएका अनलाइनल सञ्चारमाध्यमहरुले समाचार बङ्ग्याउने, हतारमा समाचार सम्प्रेषण गर्ने जस्ता कार्यले कतिपयले क्षति बेहोर्नु परेको हुन्छ त्यस्तोलाई कारवाही गर्नुपर्ने बताएका हुन् । उनले देशको चौथो अंग मानिने संञ्चार जगतलाई विश्वासीलो बनाउनु पर्नेमा प्राधिकरणको महत्वापूर्ण भूमिका रहेको जिकिर समेत गरे ।
प्रदेश सरकारले ल्याएको पत्रकारहरुको स्वास्थ्य बीमा कार्यक्रम पत्रकारहरुको हितमा रहेकाले यसलाई व्यवस्थित बनाउन पत्रकार महासंघ लगायतका सरोकारवालाहरूले सहयोगको आवश्यकता औंल्याउनुभयो । मन्त्री साहले मधेशका मिडियाहरूले अब संघीय राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य हुने भन्दै उनले न्यून श्रोत साधनका बीच प्राधिकरणले संघीयताको प्रत्याभूति हुने गरि प्रदेशमै अनलाइन दर्ता र नवीकरण थालनी गर्नु सराहनीय रहेको बताए ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, नेपाल पत्रकार महासंका प्रदेश अध्यक्ष राजेश कुमार कर्ण, जल्ला अध्यक्ष मनिका झा, उपाध्यक्ष अवधेश कामत, जनकपुर टुडेका प्रधान सम्पादक वृजकुमार यादव, महासंघकी केन्द्रिय सदस्य रिंकु कुमारी मिश्र, टेलिभिजन एसोसिएसन मधेश समितिका अध्यक्ष विष्णु कुँवर लगायको उपस्थिति रहेको थियो ।
सोही अवसरमा मन्त्री साहले दुई जना अनलाइन संचालकलाई दर्ता प्रमाणपत्र प्रदान गरे ।









तपाईको प्रतिक्रिया