जनकपुरधाम । मधेश प्रदेश सरकार गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कैदीबन्दीहरुका लागि पुस्तक तथा फर्निचर उपलब्ध गराएका छन् ।
शुक्रबार मन्त्रालयमै कारागारका कैदस्बन्दीहरुका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण कार्यक्रमको आयोजना गरी मन्त्री साहले प्रदेशका पाँच वटा जिल्लाका कारागारलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री साहले कैदीले सजाय काटिसकेपछि सामान्य जिवन जिउन सहज होस भन्ने उदेश्यका साथ पुस्तक र पुस्तकलाई सुरक्षित राख्न फर्निचर उपलब्ध गराएको बताएका हुन् । उनले कैदमा हुँदा खाली समयलाई पुस्तक पढेर सदुपयोग गरी जिवनलाई सार्थक बनाउन मदत पुग्ने हुँदा पुस्तक कैदीहरुका लागि एउटा मार्ग दर्शन पनि हुनसक्ने बताए ।
प्रदेशका रौतहट, पर्सा, महोत्तरी, सिरहा र सप्तरीका कारागारलाई प्रत्येक कारागारमा २ सय ५२ थरिका पुस्तक, अफिस टेबुल, कुर्सी, दराज उपलब्ध गराएका हुन ।









तपाईको प्रतिक्रिया