काठमाडौं । आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ ।
उद्धार कार्यको नेतृत्व गर्दै आएका नेपाली सेनाका उपरथि बाबुराम श्रेष्ठका अनुसार, घटनास्थलबाट २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शव खोज्ने कार्य जारी रहेको बताइएको छ । उनले अब कोही जीवित फेला पर्ने सम्भावना नभएको बताए ।
प्राप्त शवमध्ये १० जनाको शव पोखरा ल्याइसकेको छ । त्यहाँबाट काठमाडौं लग्ने तयारी छ । पोखरामा भारी वर्षाका कारण केही ढिलाइ भएको श्रेष्ठले जानकारी दिए । ११ जनाको शव भने मुस्ताङ जिल्लाको पासाङ गाउँपालिका वडा २ को कोबाङमा राखिएको छ । त्यहाँबाट मङ्गलबार मात्रै ल्याइने जनाइएको छ ।









तपाईको प्रतिक्रिया