जनकपुरधाम । मधेश प्रदेशमा सांसदको संख्या घटेर १०१ पुगेको छ । सुरुमा कुल १ सय ७ सांसद रहेको प्रदेशमा अहिले १ सय १ सांसद मात्रै छन् ।
स्थानीय तह निर्वाचनअघि दुई जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित शेष अबुल कलाम आजाद र सर्लाहीको क्षेत्र नम्बर २ (ख) बाट र्विाचित उपेन्द्रप्रसाद कुशवाहाले राजीनामा दिएका छन् । केही दिनअघि मात्रै प्रदेश सांसद डिम्पल झाको निधन भएको थियो ।
त्यसअघि नेकपा माओवादी केन्द्रले नेकपा एमालेतिर लागेको भन्दै आफ्ना तीन जना सांसदलाई बर्खास्त गरेको थियो ।









तपाईको प्रतिक्रिया