काठमाडौं । काठमाडौं उपत्यकामा आज रातो मच्छिन्द्रनाथ (बुगंः करुणामय द्यः) भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आज भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थिति रहने जनाइएको छ ।
रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियो । यसको चौँथो दिन परम्पराअनुसार जात्राको अन्तिम दिन आज भोटो देखाउने लागिएको हो ।
आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ । भोटो देखाइसकेपछि करुणामयलाई पुनः बुंगमतीमै पुर्याइनेछ ।
भोटो जात्राको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।









तपाईको प्रतिक्रिया