जनकपुरधाम । रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान दुर्घटना ९ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका र उनीहरूको सनाखत हुन बाँकी रहेको छ । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ । बसमा ३३ जना सवार थिए । यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया