जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीयतामा गएपनि एकात्मक प्रणालीले हावी रहेको बताउनुभयो ।
जनकपुरधामस्थित बुधबार आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्षले एकात्मक प्रणाली हावी भएकै कारण नागरिकता विधयेक यथावत छ मधेशवादी दल एकजुट भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
उहाँले विगतका गल्तीहरुलाई सच्याउँदै फुटेर होइन जुटेर आगाडी बढ्न आग्रह गर्नुभयो । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपाललाई आफूहरुसँग मिलेर अगाडी बढ्न आग्रह गर्नुहुँदै फुटेर होइन जुटेर अगाडी बढ्नका लागि स्वागत गर्न तयार रहेको समेत बताउनुभयो । दल विभाजनले कसैलाई फाइदा नभएकेले एकजुट भएर अगाढी बढ्न आग्रह समेत गर्नुहुँदै लोसपा आए खुला हृदयले स्वागत गर्छु समेत भन्नुभयो ।
प्रेस मञ्च धनुषाको आयोजनामा सम्मपन्नभएको पत्रकार सम्मेलमा मधेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद रामनरेश राय र जनकपुरधामका पूर्व प्रमुख लालकिशोर साह लगायतको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया