काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख एक हजार एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।
पत्रकार नेपालको ७० औं जन्मोत्सवका अवसरका मिडिया इन्टरनेसनलले उक्त राशिको पुरस्कार घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्नेछ ।
कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकको प्रधान सम्पादकसमेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
कार्यक्रममा वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले वरिष्ठ पत्रकार नेपालको पत्रकारिताबाट धेरै पत्रकार जन्मिएको उल्लेख गर्दै ७० वर्षमा पनि पत्रकारितामा सक्रिय हुनुले उनको जीवनबाट धेरै कुरा सिक्नुपर्ने समेत बताए ।









तपाईको प्रतिक्रिया