जनकपुरधाम । बुधाबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टरका ४० वर्षीय बुद्धबहादुर तामाङको चट्याङ लागरे मृत्यु भएको हो । घाइते हुनेमा मिर्चैया नगरपालिका–९ देउरालीका ५६ वर्षीय कुमलाल योञ्जन हुन् ।
बिहान हावाहुरीसँगै पानी परेको समयमा परेको चट्याङबाट घरमै बसिरहेका तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । चट्याङ लागेर बेहोस भएका तामाङलाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ स्थित आरके मेडिसिटी अस्पताल ल्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
यसैगरी, बिहानको चट्याङ लागेर घाइते भएका योञ्जन घर नजिकैको गोठमा बसिरहेका बेला परेको चट्याङ लागेर समान्य घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । चट्याङ लागेर उनको गोठमा रहेको २ वटा राँगा भने मरेका छन् ।









तपाईको प्रतिक्रिया