जनकपुरधाम । विद्यालय तहको नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनका लागि शिक्षकलाई सहजिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई धनुषाको आयोजनामा सञ्चालित विद्यालय तहको कक्षा ४, ७ र ९ को पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनका लागि शिक्षकलाई सहजिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको हो । असार १२ देखि १५ गतेसम्म सञ्चालित चार दिवसीय कार्यक्रममा धनुषा जिल्लाका १८ वटै पालिकास्थित विद्यालयका प्रधानाध्यपकहरुको सहभागिता रहेको थियो ।
उक्त चार दिवसीय कार्यक्रममा दुई दिन कक्षा चारको विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको थियो भने बाँकी दुई दिन कक्षा ७ र ९ को विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएको थियो ।
चार दिवसीय अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्माले गरेका थिए ।









तपाईको प्रतिक्रिया