TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

थोरै लगानीबाट उकासिएको व्यवसाय


थोरै लगानीबाट उकासिएको व्यवसाय
ADVERTISEMENT

जनकपुरधम । ‘ठूलो उद्योगको नोकर बन्नुभन्दा, सानो उद्योगको मालिक बन्नु राम्रो’ धनुषा बटेश्वर गाउँपालिका ३ का रामकुमार महतोले विद्यार्थी कालमै कहीँ कतै पढेका थिए, यो वाक्य । यही वाक्यका कारण उनको दिमागबाट नोकरी गर्ने सोच हट्यो । पुर्ख्यौली पेसा गर्ने दबाबलाई दर्जनौं पटक अस्वीकार गरे ।


‘जागिर गर, विदेश जाऊ’ जस्ता वाक्यसँग पनि दिक्क भए । एकदिन रामकुमारले घरमा व्यवसाय गर्ने प्रस्ताव राखे, “म आफ्नै व्यवसाय सुरु गर्छु । मलाई २५ हजार रुपैयाँ दिनुस्,” उनले ती दिन स्मरण गरे । विदेश जाँन लाखौं दिने परिवारले व्यवसाय गर्न त्यतिबेला हच्किएको उनी सुनाउँछन् ।

०६१ सालमा उनले लघु उद्यम सम्बन्धी १५ दिनको तालिम लिए । त्यसबेला जिल्ला लघु उद्यम संघले गाउँमै पुगेर थरीथरीको तालिम दिएको थियो । अगरवत्ती, मैनवत्ती, सिलाई, चुरा र टपरी बनाउनेजस्ता तालिम दिइएको रामकुमार बताउँछन् । रामकुमारले अलि फरक किसिमको तालिम लिन रुचाए ।

“तालिममा सिकाइने सबै व्यवसाय गर्दा त्यसमा प्रयोग हुने समान किन्नुपर्ने जस्तो थियो,” उनले भने, “तर टपरी व्यवसायको कच्चा पदार्थ गाउँमै फालाफाल छ । सित्तैमा पाइन्छ । त्यही भएर टपरी बनाउने तालिम रोजेँ । जसको व्यवसाय सुरुआत गर्न मलाई सजिलो भयो ।”

बुबाले व्यवसाय गर्न सहयोग नगरेपछि रामकुमारले काकी सुनितादेवीको नामबाट गाउँकै लुघुबित्त संस्थासँग ऋण मागे । त्यो पैसाले भारतबाट मेसिन खरिद गरी रामकुमारले सुरु गरेको व्यवसाय अहिले सफल भएको छ । “डेढ दशक पहिले दश हजारबाट व्यवसाय सुरु गरेँ । अहिले दुई करोडभन्दा बढीको पुँजी बनाइसकेको छु, पाँचवटा शाखा सञ्चालनमा छ,” उनले उद्योगको प्रगति सुनाउँदै भने, “दश हजार मानिसलाई सीपसहित रोजगारी दिएको छु, मासिक एक लाखभन्दा बढी आम्दानी हुन्छ ।”

सहकारी संस्थाले ऋण नदिएको भए आज यो ठाउँमा पुग्न नसक्ने उनको भनाइ छ । रामकुमार र उनकी श्रीमती रेखा महतो अहिले उदाहरणीय पात्र बनेका छन् ।

धनुषाको सहिद नगरपालिका ४ स्थित ननुपट्टी, जिल्लाकै सबैभन्दा बढी माछा उत्पादन गर्ने ठाउँ हो । यहाँ घरैपिच्छेजस्तो माछापालन गरेर गुजारा चलाउँदै आएका कृषक छन् । माछा किसान नभएको घर गाउँमा बिरलै भेटिन्छ । त्यही गाउँका ४८ वर्षीय सुनील मण्डल माछा खेतीबाट मग्नय आम्दानी गरिरहेको बताउँछन् ।

उनले दुई दशकदेखि माछा खेती गर्दै आइरहेको उनले बताए । “हाम्रो पुख्र्यौली पेसा हो, बच्चैदेखि यही गर्छु । पूर्णरुपमा यही काम गरेको २० वर्ष भयो,” उनले सुनाए, “खेती गर्न झन्झट छ । धान खेतीमा लागत बढी र उत्पादन न्यून छ । त्यही भएर माछा खेती गर्छु ।”

उनले पनि रामकुमारजस्तै गाउँकै जय माँ कमलेश्वरी मत्स्य सहकारी संस्थाबाट दश लाख ऋण लिएर २० विघा जमिन भाडामा लिएर माछा खेती गरेको बताए । विगतभन्दा अहिले उनलाई माछा खेती गर्न सजिलो भएको बताउँछन् । “किसानलाई पुँजी अभाव हुन्छ,” उनले भने, “गाउँकै सहकारी संस्थाले ऋण दिएपछि माछा खेती गर्न सजिलो भएको छ ।”

धान खेतीबाट प्रतिबिघा ५० हजार रुपैयाँ मात्रै आम्दानी हुने गरेको र अहिले माछा खेतीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ । धान खेतीका लागि समयमा बीउ, मल, जनशक्ति र उचित सिँचाइ नपाएको भन्दै माछापालनतर्फ लागेको उनी बताउँछन् । थोरै लगानी, कम मिहिनेत, जनशक्ति तथा छोटो समयमा संतोषजनक आम्दानी हुने भएपछि यसैतर्फ आकर्षित भएको उनी बताउँछन् ।

बटेश्वर गाउँपालिकाका श्यामलाल महतो भने पशुपालन गरिरहेका छन् । दैनिक गाई र भैँसीले सात लिटरभन्दा बढी दूध दिन्छन् । गाउँकै धनलक्ष्मी उद्यम सहकारीले चिस्यानको व्यवस्था गरदिएपछि गर्मी समयमा पनि समस्या नभएको उनले बताए । संस्थाले अब बजारीकरणको समस्या पनि अन्त्य गर्ने रणनीति लिएको सहकारी संस्थाका प्रवन्धक सन्तोष महतोले सुनाए ।

उनका अनुसार अगामी आर्थिक वर्षदेखि प्रत्येक किसानले उत्पादन गरेको दूध संकलन गर्ने संस्थाको तयारी छ । चिस्यान केन्द्र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्वि)ले अनुदान दिएर निर्माण गरेका छन् । यी योजना जनकपुर करिडोर बनाएर मधेसका बारा, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा सञ्चालन रहेको प्रदेश कार्यालयका प्रमुख मोती गिरीले बताए । उनका अनुसार संस्थाले किसानको सीप र क्षमता विकासमा जोड दिँदै ऋणको लागि वित्तीय सहकारी संस्थासँग सहकार्य गराउने काम गर्दै आएका छन् ।

मुख्यतयः संस्थाले गरिबी न्यूनीकरण, किसानको बजारीकरण र प्रोत्साहन गर्ने काम गर्दै आएको उनले बताए । धनुषाको ९ वटा पालिकामा समृद्वि आयोजना सञ्चालित छन् । यी संस्थाले माछाका व्यापारीका लागि पनि काम गर्ने गरेका छन् । ह्याचरिङ्ग (माछाको भुरा राख्ने अक्सिजनसहितको ठाँउ) निर्माणमा ७० प्रतिशत अनुदान दिने गरेको उनले बताए । साभार बाह्रखरीडटकम

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
दुईजना भारतीय पर्यटक बाग्मती नदीमा बेपत्ता

दुईजना भारतीय पर्यटक बाग्मती नदीमा बेपत्ता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य