शिक्षकलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै धनुषाका शिक्षकहरुको संस्थाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको छ ।
पटक पटक धनुषाका शिक्षक माथि भइरहेको दुव्र्यवहारलाई मध्यनजर गर्दै प्रशासनलाई ध्यानाकार्षण गर्दै शिक्षकहरुको संस्थाले संयुक्त रुपमा शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेल समक्ष सो ज्ञापनपत्र बुझाएका हुन् ।
धनुषा जिल्लाको औरही गाउँपालिकास्थित श्री राम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन महरालाई एक कार्यक्रमका बिच गैर अविभावक प्रवेश गरी दुव्र्यहार गर्नेलाई कारवाहीको माग गर्दै सो ज्ञापन पत्र बुझाइएका छन् ।
यहि असार ११ गते गाउँपालिका झिटकहियास्थित राम जानकी माविको अभिभावक भेलामा गैर अभिभावक प्रवेश गरी प्रअ मदन महरालाई कालो मोसो दलेका थिए । यस्तै सोही गाउँपालिकाकी माध्यमिक विद्यालय परवाहामा जेठ १७ गते प्रतिभा झा माथि भएको दुव्र्यहारलाई समेत ध्यानाकर्षण गराइएको पत्रमा उल्लेख छ ।
उक्त घटनाको घोर भत्सर्ना र निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कारवाहीको माग सो पत्रमा उल्लेख छ ।
धनुषा प्रशासनलाई बुझाइएको ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवार काठमाडौं, सामाजिक विकास मन्त्रालय जनकपुरधाम, मधेश प्रदेश, शिक्षक तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुर, प्रदेश शिक्षा निर्देशनालय मधेश प्रदेश, नेपाल शिक्षक महासंघ काठमाडौं, जिल्ला प्रशरी कर्यालय धनुषा र शिक्षा विकास तथा समन्वय इकाई धनुषालाई समेत बोधार्थ गरिएको छ ।
नेपाल शिक्षक संघ, संघीय शिक्षक संघ फोरम, राष्ट्रिय शिक्षक मंच, ने.रा.शि.सं, ए.अ.ने.शि.सं.धनुषाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।









तपाईको प्रतिक्रिया