TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामका फुटपाथ खाली गराइने


जनकपुरधामका फुटपाथ खाली गराइने
ADVERTISEMENT

जनकपुरधाम उपमहानगरपालिका परिसरभित्र फुटपाथमा अव्यवस्थित रुपमा राखिएका बजार हटाउने निर्णय भएको छ ।


जनकपुरधामका नगर प्रमुखको अध्यक्षतामा शुक्रबार कार्यापालिकाको सभा हलमा बसेको बैठकमा फुटपाथ अव्यवस्थित रुपमा लगाइएका बजार सूचना जारी गरी हटाउने निर्णय सो बैठकबाट पारित भएको हो ।

पहिलो चरणमा राम मन्दिर र जानकी मन्दिरको वरिपरि, महाबीर चौकदेखि पेठिया बजारसम्मका फुटपाथमा राखिएको व्यापारीक सामाग्री हटाइने र यसलाई निरन्तरता दिने समेत बैठकमा भनिएको छ ।

नगर प्रमुख साहको अध्यक्षतामा बसेको बैठकमा ट्राफिक व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, फोहोर व्यवस्थापनलगायतका विभिन्न विषयमा छलफल गरी प्रथम चरणमा फुटपाथका बजार हटाइने निर्णय भएसँगै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने समेत भनिएको छ ।

प्रमुख साहले बैठकमा उपस्थित समाजका अगुवा, वृद्धिजीवी, विभिन्न क्लवका प्रतिनिधि, संघ संस्थाका अध्यक्ष, प्रहरी प्रशासन, ट्राफिक प्रहरीका प्रमुखलगायतको उपस्थितिमा भएको छलफलबाट सो निर्णय गरेका हुन् । जनकपुरधामलाई सफा, सुन्दर स्वच्छ बनाउनु छ भने एकल प्रयासले सम्भव नहुँने बताउँदै सबैलाई निरन्तरता दिन आग्रह समेत गरे ।

नगर प्रमुख साहका अनुसार छाडा चौपाया व्यवस्थापनको लागि काँजी घर निर्माणको प्रकृया अघि बढेको छ, यातायात व्यवस्थापनका लागि तत्काल अस्थायी रुपमा कुनै स्थानलाई प्रयोग गर्ने बताउँदै त्यसको स्थायी स्थान पनि चाँडो व्यवस्थ गर्ने उनले बताए ।
धनुषाका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता दिपककुमार रायले यस्ता प्रयास विगतका दिनमा पनि भएको तर, निरन्तरता दिन नसक्दा कार्यान्वयन हुन सकेन ।

यसैगरी धनुषाका ट्राफिक प्रहरी प्रमुख चन्द्र भुषण यादवले ट्राफिक व्यवस्थापनका लागि निरन्तर प्रयासरत रहेको पनि जनाए र आगामी दिनमा पनि निरन्तरता दिने उनले भने ।

जनकपुरधामलाई व्यवस्थित बनाउन बैठकमा उपस्थित उपप्रमुख किशोरी साह लगायतले आफ्नो राय सल्लाह तथा सुझावहरु दिएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
चुरे अभियानीद्वारा जनकपुरधाम बन्दको घोषणा

चुरे अभियानीद्वारा जनकपुरधाम बन्दको घोषणा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य