TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आर्थिक वर्षको अन्त्यसम्म भुक्तानीको व्यवस्था गर्न प्रदेश सरकारको माग


आर्थिक वर्षको अन्त्यसम्म भुक्तानीको व्यवस्था गर्न प्रदेश सरकारको माग
ADVERTISEMENT

जनकपुरधाम । मधेश प्रदेश सरकारले भुक्तानी निकासाका लागि आर्थिक वर्षको अन्त्यसम्म व्यवस्था गरिदिन सङ्घ सरकारसँग माग गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आइतबार एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रदेशका योजना तथा कार्यक्रमलाई पूर्णता दिन र पूर्णता प्राप्त गरिसकेका कार्यक्रमको भुक्तानीको लागि आर्थिक वर्षको अन्त्यसम्मको व्यवस्था गरिदिन विज्ञप्तिमा माग गरेका छन् ।


गत वर्ष महालेखा नियन्त्रक कार्यालयको मागअनुसार अर्थ मन्त्रालयको प्रस्तावमा सङ्घीय मन्त्रिपरिषद्बाट असारको अन्तिम दिनसम्म निकासा भुक्तानी दिइने व्यवस्था गरिँदै आएको विज्ञप्तिमा भनिएको छ । त्यस परम्परा र अभ्यास विपरीत एक–दुई दिनअघि मात्र सूचना दिएर प्रदेशमा सबै किसिमका निकासा भुक्तानी रोकिएकोमा प्रदेशमा पूर्णता प्राप्त गर्नै लागेका तथा सम्पन्न भई कागजात मात्र मिलाउनुपर्ने धेरैवटा योजना तथा कार्यक्रमको निकासा भुक्तानी गर्ने काम हुन नसकेको उहाँले निर्धारित समय सीमाको अन्तिम दुई दिन १२÷१२ घण्टा सर्भर डाउन भएकाले समेत कयौँ निकासा भुक्तानी नभएको बताए ।

मधेश प्रदेश सरकारले गत २३ गते असारको अन्तिम दिनसम्म निकासा भुक्तानी मिलाउन सङ्घ सरकारलाई आग्रहसमेत गरिसकेको जानकारी दिँदै तर प्रदेश मन्त्रिपरिषद्को आग्रहप्रति सङ्घ सरकारले संवेदनशीलता नदेखाई ऐनमा व्यवस्था नभए पनि नियमावलीका भरमा निकासा भुक्तानीको समयावधि सङ्कुचित गर्दा प्रदेशमा खर्च हुन नसकेको र कुनै पनि सरकारले खर्च गर्न नसक्नु अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्घ सरकारलाई आकर्षित हुने कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीको नियम ३० ९१० र ९२० मा आर्थिक वर्षको अन्त्यसम्म र प्रदेश तथा स्थानीय सरकारका हकमा लागू हुने सोही नियमावलीको नियम ३० का उपनियम ७ र ८ मा आर्थिक वर्ष अन्त्यको साता दिन अगाडि नै भुक्तानी निकासी बन्द हुने प्रावधान विभेदकारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा यो प्रावधान प्रादेशिक शासनको स्वायत्त अधिकारक्षेत्रमाथि सङ्घ सरकारको अनुचित हस्तक्षेप र नियन्त्रणात्मक दुष्प्रयास भएको आरोप लगाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयले ०७९ असार २४ गते चलानी नम्बर २७६ को पत्रमा आर्थिक वर्ष २०७८÷२०७९ को खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू मिति २०७९ असार २५ गते राति १२ बजे बन्द हुने र सो दिन सार्वजनिक बिदा भए पनि सोही मितिमा निकासा भुक्तानीको व्यवस्था मिलाउन भनिएको उल्लेख गरिएको छ । त्यसअनुसार सङ्घ सरकार मातहतको महालेखा नियन्त्रक कार्यालयले २५ गते शनिबार निकासा भुक्तानी गर्ने प्रदेश तथा स्थानीय तहको प्रणाली बन्द गरेको छ । अर्थात् त्यस उपरान्त कुनै पनि किसिमका निकासा भुक्तानी गर्ने काम स्वतः रोकिएको छ ।

साथै महालेखा नियन्त्रक कार्यालयले लेखेका निकासा भुक्तानी सम्बन्धी पत्रमा उल्लिखित र कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीको नियम ३० का ९१० र ९२० अनुसारका प्रणाली सञ्चालनमा रहने भनिएको छ । चालू आर्थिक वर्षको अन्तिम दिनसम्म सञ्चालनमा रहने सो प्रणालीका बारेमा कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीको नियम ३० अन्तर्गत आर्थिक वर्ष समाप्त हुनुअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने शीर्षकमा उपनियम १ मा कार्यालयले विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेका शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने भनिएको छ ।

तर सोही नियमको उपनियम २ मा उपनियम १ बमोजिमको अवधि समाप्त भएपछि कार्यालयलाई कार्यक्रम संशोधन भई थप बजेट प्राप्त भएमा, खर्र्चको स्रोत परिवर्तन भएमा वा अतिआवश्यक काम परेर खर्च गर्नुपरेमा त्यस्तो खर्च पुष्ट्याइँ गर्ने बिल, भर्पाई, बजेट थप भएको प्रमाण र अन्य कागजातसहित कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेस गरी भुक्तानी निकासा माग गर्न सकिनेछ भन्ने उल्लेख छ ।

उपनियम २ मा त्यसरी भुक्तानी निकासा माग भई आएमा कोष तथा लेखा नियन्त्रण कार्यालयले प्राप्त बिल, भर्पाई र सोसाथ संलग्न कागजात परीक्षण गर्दा भुक्तानी निकासा दिन आवश्यक देखेमा सम्बन्धित व्यक्ति वा फर्मका नाममा भुक्तानी निकासा दिनुपर्ने भनिएको छ । अर्कोतिर प्रदेश र स्थानीय तहका हकमा आकर्षित हुने नियम ३० को उपनियमका ७ र ८ मा आर्थिक वर्ष अन्त्यको साता दिनअगाडि नै भुक्तानी निकासा बन्द हुनुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

कमला नदिको किनारमा शव फेला पर्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य