TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

एसिड पीडितलाई मुद्दा फिर्ता लिन व्यवसायी साहको दबाब


एसिड पीडितलाई मुद्दा फिर्ता लिन व्यवसायी साहको दबाब
ADVERTISEMENT

जनकपुरधाम । एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ ।


एसिड विक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । “नागेन्द्रका मानिसले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छ,“ उनले भनिन्, “मेरो लागि एसिड छ्याप्ने र बेच्ने दुबै दोषी छन्, दुवैलाई कारबाही हुनुपर्छ । तर, उनीहरू म काम गर्ने पसलमै आएर धम्की दिने गरेका छन् ।“

आरतीका श्रीमान् सञ्जिवले उनी र छोरी रियामाथि ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए ।

जिल्ला अदालत धनुषाले सोही मुद्दामा ०७८ भदौ १० गते अन्तिम सुनवाई गर्दै फैसला सुनाएको थियो । अदालतले एसिड छ्याप्ने सञ्जिवलाई दश वर्ष कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो ।

एसिड व्यवसायी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो । सोही फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाई सञ्जय साहले ०७८ फागुण १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
यो मुद्दामा उच्च अदालतले असार ८ गते आरोपित झिकाउन आदेश दिएको थियो । तर, आरोपित झिकाउन आदेश दिएको तीन साता हुन लाग्दासमेत पेसी चढेको छैन ।

यसैबीच, अदालतले २१ दिनभित्र अदालतमा हाजिर हुन आरोपितको नाममा म्यादपत्र जारी गरेको छ । आरोपित अदालतमा अहिलेसम्म हाजिर भएका छैनन् ।

दुवै पक्ष अदालतमा हाजिर भएपछि सुनवाईको प्रकृया अगाडि बढ्नेछ । यो घटनामा दुवै पक्षबाट मुद्दा दर्ता भएको छ ।

आरोपित पक्षले धम्की दिएपछि आरती अहिले उक्त पसलमा काम गर्न छोडिसकेको बताउँछिन् । आरती केही समय बुबाकै पसलमा जनकपुरस्थित पेठिया बजारमा तरकारी बेच्ने काम गर्दै थिइन् ।

मेधश प्रदेश सरकारले जागिर दिने घोषणा गरेपछि उनले काम छोडेर समान्य लेखपढ गर्न ट्यिुसन पढ्न थालेकी थिइन् । यद्यपि, नागरिकता नहुँदा उनले जागिर पाउन सकिनन् ।

“नागरिकता नहुँदा मेरो नोकरी भएन । मेरो छोरीले पनि पढ्न पाएकी छैन,“ उनले भनिन्, “परिवार चलाउन कठिनाइ भएको छ । कति दिन बुबा आमाकै पैसामा जीवन बिताऊँ ।“

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुनबमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । अहिले पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरिरहेको छ । साभार बाह्रखरी

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य