काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
प्रहरीले अवैध गतिविधि गरेको आशंकामा छापा मारेको हो । यहाँ दुई हजार बढी युवायुवतीहरु काम गर्दै आएको पाइएको छ ।
प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन् ।
व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ । कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो ।
वैद्य अर्गनाइजेसनको घर भाडामा लिएर कल सेन्टर सञ्चालनमा छ । कल सेन्टर सञ्चालनमा रहेको घर उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको हो ।
आइतबार भैरहवाको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । छापा मार्नेक्रममा प्रहरीले एकजना भारतीयसहित ९ जना ’टिम लिडरहरू’लाई पक्राउ गरेको थियो ।









तपाईको प्रतिक्रिया