गौशाला । महोत्तरी जिल्लास्थित गौशाला कान्तिबजारका पेट्रोलियम व्यवसायी ललित कुमार सिंह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रबाट बिद्रोह गरेका पेट्रोलियम व्यवसायी सिंह आफ्ना समर्थक सहित एमालेमा प्रवेश गरेको हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएपछि महोतरीमा माओवादीका नेताहरुको व्यवहारले असन्तुष्ट बनेकाहरु सामुहिक रुपमै एमालेमा प्रवेश गरेको हुन् । व्यवसायी सिह स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
उनले माओवादीबाट वडामा उम्मेदवारी दिएकै कारण हार व्यहोर्नु परेको उनको भनाइ छ ।









तपाईको प्रतिक्रिया