TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔं: उपेन्द्र यादव


प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔं: उपेन्द्र यादव
ADVERTISEMENT

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प रहेको बताएका छन् ।


समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलबारबाट सुरु राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले त्यसलाई अन्त्य गरि राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विकल्प नरहेको उल्लेख गरे ।

‘अहिलेको व्यवस्थाले निर्वाचन प्रणाली महंगिएको छ, करोडौ खर्चेर चुनाव जितेकाहरुबाट सेवाको अपेक्षा गर्न सकिदैन ’अध्यक्ष यादवले भने,‘ निर्वाचन प्रणाली फेरौ , प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔ । त्यसले भ्रष्टाचार नियन्त्रण गर्नुका साथै समृद्धिको बाटोमा लाग्न मद्दत पु¥याउछ ।’

सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनको भनाइ थियो ।
हतारमा ल्याइएको संविधानको वेथितिहरु एक पछि अर्को उजागर हुन थालेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले पहिचान सहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधनको विकल्प नरहेको उनले दवी समेत गरे ।

परिवर्तन, सृजना, निर्माण, अविस्कारको पर्याय रहेका युवाहरु चेतनशिल र संगठित हुनु पर्ने आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष यादवले युवाहरुको लागि राज्यले शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु पर्ने उल्लेख गरे ।

उद्घाटन सत्रमा मुख्यमन्त्री लालबाबु राउतले परिवर्तनका सम्वाहक रहेका युवाहरु जसपाको प्रमुख प्राथमिकतामा शुरु देखी रहदै आएको र त्यसै अनुरुप आफ्नो नेतृत्वको मधेश सरकारले युवाहरुको शिक्षा र रोजगारको क्षेत्रमा अघि बढेको बताए ।

युवाहरुको पहिलो आवश्यकता शिक्षा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले शिक्षामा आमूल परिवर्तनका लागि प्रदेश सरकारले तीनतीन वटा विश्वविद्यालय स्थापना गरेर काम अघि बढाइ सकेको बताउनुभ यो । उहाँले मधेशका युवाहरुलाई प्रदेशमै रोजगार उपलब्ध गराउन प्रदेश निजामति ऐन, प्रदेश प्रहरी ऐन ल्याई त्यसमा जनसंख्याको आधारमा आरक्षण एवं महिलाको लागि ५० प्रतिशत आरक्षण व्यवस्था समेत गरेको बताए ।

युवा संघ अध्यक्ष एवं मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जसपाका कार्यकारिणी सदस्य सुशिला श्रेष्ठ, राजनीतिक समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादव, राजनीतिक समिति सदस्य लालकिशोर साह, प्रदेश सभा सदस्य राम अशिष यादव, अशोक यादव सहितका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बुधबारसम्म चल्ने भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

1xbet 1хбет: бонус при регистрации 25000 Обзор и отзывы о 1xbet. Ставки на футбол, теннис, бокс. Вход на 1 Икс Бе

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य