जनकपुरधाम । शिक्षकहरुले आफ्नो माग पुरा नगरेको भन्दै आईतबार भदौ १२ गते देखि १८ गतेसम्म देशैभरिका समुदायिक विद्यालयहरु बन्दको घोषणा गरिएकोमा सोमबारदेखि स्थगित भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले निरन्तर गर्दै आएको आन्दोलनको क्रममा भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरिकको समुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय बमोजिम कार्यन्वयनको लागि पत्राचार गरिएकोमा सोमबारदेखि सो निर्णय स्थगित गरिएको हो ।
समितिले विद्यालय कर्मचारीहरुको सेवा सुविधाको माग गर्दै सरकार विरुद्ध निरन्तर आन्दोलन गर्दै आएकोमा आजदेखि १८ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको थियो । सरकारले परिषद्लाई वार्ताको लागि बोलाएको भन्दै विद्यालय बन्दको आन्दोलन स्थगित गरिएको हो ।
समितिका महासचिव शान्तीनाथ योगीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र सँख्या २०७९÷८० को चलानी नम्बर ५४ अनुसार, सरकारले आफूहरुको मागप्रति चासो लिएको र वार्ताको लागि बोलाएको भन्दै विद्यालय बन्दको कार्यक्रम स्थगित भएको उल्लेख छ ।
मंगलबारदेखि पूर्व निर्धारित समयमै सबै सरकारी विद्यालयहरु खुल्ने र अध्ययन अध्ययापन हुने उल्लेख छ ।










तपाईको प्रतिक्रिया