जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीको निर्णयबाट असन्तुष्ट हुँदै सल्लाहकार परिषद् सदस्य गंगाराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारीमा रहेका यादवले सोमबार जनकपुरधास्थित पत्रकार सम्मेलनको आयेजना गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषण गरेका हुन् ।
दुई दिन अघि मात्रै एमाले अध्यक्ष ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए ।
पार्टीले आफूले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको कदर नगरेको यादवले आरोप समेत लगाए छन् । एमालेलाई धनुषा २ मा बलियो बनाउन आफ्नो महत्वपूर्ण योगदान रहँदै आएको समेत बताएका छन् ।
समाजसेवाका साथै यादव एमालेका पुराना जुझारु नेताका रुपमा परिचित छन् । यादव अध्यक्ष ओली र वर्तमान राष्ट्रपति विद्या देवी भण्डारीका प्रिय पात्र पनि मानिन्छन् ।









तपाईको प्रतिक्रिया