TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चुनाव प्रचारप्रसारमा सञ्चार माध्यमको प्रयोग


चुनाव प्रचारप्रसारमा सञ्चार माध्यमको प्रयोग
ADVERTISEMENT

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सञ्चारमाध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने आचरणसहित आफ्नो प्रचारप्रसार गर्न पाउने स्पष्ट पारेको छ ।


विगतका निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले जथाभाबी सञ्चारमाध्यमको उपयोग गरेको पाइएकाले यसपालि त्यस्ता प्रचारप्रसारको निगरानी आयोगले गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगका साथै प्रेस काउन्सिलले पनि त्यसको निगरानी राख्नेछ । राजनीतिक दल वा उम्मेदवारले तोकिएको मापदण्डबाहिर गएर आफ्नो प्रचारप्रसार गरेमा उनीहरूलाई स्पष्टीकरण सोधिनेछ ।

आयोगले सार्वजनिक गरेको प्रचारप्रसार आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गर्न पाउनेछन् । त्यस्तै पत्रपत्रिकाको हकमा राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकामा सात÷सात इन्चसम्मको आकारमा आफ्नो दलको चुनावी प्रचार गर्न पाउनेछन् । आमनिर्वाचनमा सहभागी हुने उम्मेदवारको हकमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले एक दिनमा चार पटकसम्म निजी रेडियो तथा टेलिभिजनमा एक मिनेटको प्रचार सामग्री प्रसारण गर्न पाउनेछन् ।

प्रसारण लगातार नगरी एक घण्टाको अन्तराल कायम हुनुपर्नेछ । त्यस्तै प्रदेश सभाका उम्मेदवारले दिनको तीन पटकसम्म एक मिनेटको प्रचार सामग्री प्रकाशन, प्रसारण गर्न पाउनेछन् ।

उम्मेदवारको हकमा निजी पत्रपत्रिकामा चुनावी प्रचारप्रसारमा भने बन्देज लगाइएको छ । चुनावमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि विदेशी सञ्चारमाध्यम र सरकारी सञ्चारमाध्मबाट भने कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न नपाइने सहप्रवक्ता अर्यालले बताए ।

विगतको बेथिति रोक्न यस पटक आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जालको कडा नियमनकारी आचारसंहिता ल्याएको छ । उहाँले भन्नुभयो, “आयोगले स्थानीय निर्वाचनकै समयदेखि नै दुष्प्रचार नियमन, सामाजिक सञ्जाल प्रयोगमा नियमन गर्ने विषयमा जोड दिएको छ ।” दुष्प्रचारसहित मत माग्न पाइन्न, दुष्प्रचारमा अन्य व्यक्तिले सेयर, लाइक तथा कमेन्ट गर्न नपाइने व्यवस्था गरिएको छ तर चुनावी विषयमा जानकारी गराएका र राम्रा कुरामा भने त्यो लगाम छैन ।

राजनीतिक दल तथा उम्मेदवारले मतदानको १७ दिनअघिसम्म औपचारिक रूपमा प्रचारप्रसार गर्न पाउने छन् तर प्रचारप्रसारका क्रममा मञ्च, सञ्चारमाध्यमलगायतमा भएको खर्चको विवरण निर्वाचन सकिएको १५ दिनभित्र पेस गर्नुपर्ने हुन्छ । प्रचारप्रसारका क्रममा दुईवटाभन्दा बढी सवारीसाधनको प्रयोग गर्न नपाइने व्यवस्था छ ।

तर विभिन्न निजी सञ्चारमाध्यमका उच्च पद तथा सञ्चालक समितिमा कायम रहेका उम्मेदवारको हकमा भने निर्वाचन आयोग मौन छ । देशभर त्यस्ता उम्मेदवार कति छन् र सञ्चारमाध्यममा लगानी रहेका राजनीतिक दलका विषयमा आयोगको आचारसंहितामा कुनै मापदण्ड तोकिएको छैन ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
डा.तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

डा.तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य