TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जकपुरधामको करोडौं मूल्यको जग्गा कीर्ते गरेको भन्दै प्रहरीमा उजुरी


जकपुरधामको करोडौं मूल्यको जग्गा कीर्ते गरेको भन्दै प्रहरीमा उजुरी
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधाममा करोडौं मूल्यको झण्डै ३ कठ्ठा व्यक्तिगत जग्गा कीर्ते गरी अर्कैको नाममा दर्ता भएको भन्दै उजुरी परेको छ । आफ्नो जग्गा अर्कैले नामसारी गरेको खुलेपछि पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।


जनकपुरधाम उपमहानगरपालिका–२ जनकचोकमा स्वर्गीय गीतारानी हमालको नाममा रहेको २ कठ्ठा ५ धुर ३ कनुवा र १४ धुर ३ कनुवा जग्गा कीर्ते गरेको भन्दै गीतारानीका छोरा देशपाल सिंह हमालले स्थानीय प्रकाशजंग राणाविरुद्ध जाहेरी दर्ता गराएका हुन् । राणाविरुद्ध सरकारी कागजात कीर्ते र ठगीसम्बन्धी कसूरमा जाहेरी परेको धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक रायले जानकारी दिए ।
धुरको कम्तीमा ५० लाख रुपैयाँ पर्ने जग्गा कीर्ते गरेर राणाले आफ्नो नाममा पास गरेको खुलेपछि उजुरी दिएको जग्गाधनी गीतारानी हमालका छोरा देशपाल सिंहले बताएका छन् ।

‘अर्काको नाममा रहेको जग्गा सरकारी काजगजात कीर्ते गरी आफ्नो नाममा गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ’, डीएसपी रायले भने ‘हामीले नापी, मालपोत लगायत कार्यलयबाट पत्र लेखेर डकुमेन्टहरु माग गरेका छौं । अनुसन्धान गरिरहेका छौं ।’

राणाले कीर्ते कागजातको आधारमा गीतारानीको नाममा रहेको किता नं. १७० बाट १४ धुर ३ कनमाको कि.नं. २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको जाहेरीमा उल्लेख छ ।

‘बुवा र आमा स्वर्गीय भएपछि सो जग्गा आफ्नो नाममा नामसारी गराउन मालपोत कार्यालयमा जाँदा ती जग्गा त प्रकाश राणाको नाममा दर्ता भइसकेको थाहा भयो । म आश्चर्यचकित भएँ ‘ हमालले भने ‘मालपोत कार्यलयमा त्यो जग्गाको मिसिल फाइल छैन । त्यसबाट केही जग्गा प्रकाशले बेचिसकेका छन् ।’

जनकपुरधामको जनकचोकमै रहेको सो जग्गा ५० करोडभन्दा बढी मूल्यको रहेको सिंहले बताए । मालपोत र नापी कार्यालयलयले सो जग्गा विषयमा यथार्थ लिखित जानकारी दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको उनको भनाइ छ । साभार अनलाइन खबर

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
स्थानीय तहको निर्वाचनका लागि सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

मधेशको चार जिल्लाको मतपत्र छपाई बाँकी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य