धनुषा १ मा प्रतिनिधीसभा तर्फ जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले आफु प्रचारमा भन्दा पनि जनताको मनमा बसेको उम्मेदवार रहेको बताएका छन् । घर दैलोमा व्यस्त कमलले केहि नेताको स्वार्थका कारण नेकपा एमालेले अन्याय गरेको कुरा एमालेकर्मी मात्र नभई क्षेत्रका जनताको बिचमा स्पष्ट रहेकाले जनताले न्याय दिनेमा ढुक्क छन् ।
घरदैलोमा पार्टीका नेता कार्यक्रताहरुका साथै युवाहरुको साथ पाइरहेका कमलले बुढापाका देखि युवा सम्मले आफुलाई मनमा राखेको र मसिंर ४ गते हुने निर्वाचनमा धनुषा १ ले नयाँ राजनितिको रेखा कोर्ने विश्वास व्यक्त गरेका छन् । कांग्रेस, माओवादी र एमालेको गलत क्रियाकलापले स्वयम सोहि पार्टीका नेता कार्यक्रताहरु पिडित रहेकाले आफु जित्नेमा उनी निर्धक्क रहेको बताउछन् ।









तपाईको प्रतिक्रिया