TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

हस्तक्षेप स्वीकार हुँदैन : उपेन्द्र यादव


हस्तक्षेप स्वीकार हुँदैन : उपेन्द्र यादव
ADVERTISEMENT

प्रतिनिधि सभासदस्यमा सप्तरी जिल्लाबाट पराजित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दुखेसो सहितका चेतावनी दिएका छन् ।


हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा आपूmलाई पराजित गर्नकालागि आन्तरिक र बाह्य षडयन्त्र भएको सुइको आपूmले पाएको बताउँदै अध्यक्ष यादवले कुनै खाले हस्तक्षेप स्वीकार नहुने उनले चेतावनी दिएका छन् । चुनाव परिणाम सार्वजनिक भएपछि पहिलो पटक शनिवार जारी गरेको प्रेस नोटमा उनले भनेका छन् – ‘चुनावको परिणाम रहस्यमयी रहे पनि जनताको निर्णयको सम्मान गर्छु् । ‘बहिष्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय लगायतका आधारभूत आवश्यकताप्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ ’ उनले भने, अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्षगर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो । मधेश प्रदेशमा मधेश विश्वविद्यालय, मधेश प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जिनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू पूरा भइसकेको वा हुने क्रममा रहेको उनले बताए ।

‘राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको छ ’ उनले भने, संविधान त्रुटिपूर्ण रहेकाले संविधानमा असमानताहरू रहेको र अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन सकेको छैन् । तत्कालीन मधेशी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेश जनविद्रोह गरेको स्मरण गर्दै मधेशी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेश जनविद्रोह सफलतापूर्वक अगाडि बढेको बताए । संविधानसभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि सङ्घर्ष जारी राखेको बताए । ‘त्यही सङ्घर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो । नत्र यो पनि सम्भव थिएन । अध्यक्ष यादवले भने, आज सङ्घीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेश जनविद्रोहकै देन हो । ‘प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन’ उनले भने, हरेक समुदायले जनसंख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन ।

‘यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन ’ उनले भने, बहुभाषिक नीतिलाई राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन । यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ । विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।’ अध्यक्ष यादवले मुलुकमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन नसकेको बताएका छन् । उनले भने–‘मधेशीहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो ।

मधेशी समुदायलाई विदेशी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो । उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए ।’ अध्यक्ष यादवले यस निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर नपार्ने टिप्पणी गर्दै एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार हामी हाम्रो मिसनमा लागिरहने बताए । उनले विगतको समीक्षा गर्दै झन् सशक्त भएर लाग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मांस मदिरा बिक्री वितरण तथा सेवनमा रोक

मांस मदिरा बिक्री वितरण तथा सेवनमा रोक

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य