नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वसभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् ।
पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सापकोटासँगै प्रचण्ड सुकुटे आएका हुन् ।सापकोटा सभामुख हुनुअघि यी दुई नेता पटक पटक सँगै सुकुटे आउने गरे पनि पछिल्लो तीन वर्षमा दुवै जना सँगै सुकुटे आएका थिएनन् । २०७६ फागुनको तेस्रो साता भएको सुकेटे महोत्सवको उद्घाटन प्रचण्डले गरेका थिए भने समापन त्यतिबेला भर्खरै सभामुख सम्हालेका सापकोटाले गरेका थिए । त्यस यता पनि प्रचण्ड र सापकोटा पटक पटक एक्ला एक्लै सुकुटे आए ।
सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्ज समेत रहेका हाल सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टीका पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले मिलाउँदै आएका छन् ।सुकुटेमा अध्यक्ष प्रचण्ड र सापकोटालाई सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटा सुबोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेलले, केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले स्वागत गरे ।सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्याफ्टिङ्ग पनि गरेका छन् । निकट स्रोतका अनुसार प्रचण्ड, पूर्वसभामुख सापकोटा लगायतका सबै सुकुटेस्थित सुकुटेबीचमा बस्नेछन् ।









तपाईको प्रतिक्रिया