मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति छन् ।जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा-१ बाट राजेन्द्रकुमार राई, पाँचथर-१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु-१ मा मानवीर राई, खोटाङ-१ मा रामकुमार राई, इलाम-२ बाट सुवास नेम्वाङ, झापा-४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका छन् ।
साथै, एमालेका तर्फबाट सिराह-३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ-९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ बाट प्रेमबहादुर महर्जन, कास्की-१ बाट मनबहादुर गुरुङ, लमजुङ-१ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर-१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित भएका छन् ।









तपाईको प्रतिक्रिया