TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेशमा जम्बो मन्त्रिमण्डल बन्ने


मधेश प्रदेशमा जम्बो मन्त्रिमण्डल बन्ने
ADVERTISEMENT

मधेश प्रदेशमा जम्बो मन्त्रिमण्डल बन्ने भएको छ । सरकार बनाउन कुनै एउटा दलको बहुमत नभएपछि आधा दर्जन दलहरुबीच सरकार गठनका लागि छलफल सुरु भएको छ । नेकपा एमाले मधेश प्रदेशमा ठूलो दल भएको छ । प्रत्यक्षमा १५ जितेको एमालेले समानुपातिकतर्फबाट ८ सभासद पाउने भएको छ ।


कुल २३ सिटसहित एमाले सबै भन्दा ठूलो दल भए पनि सरकार गठनका लागि आवश्यक संख्या ५४ पुग्न अन्य दलहरुको सहयोग चाहिन्छ । तर त्यो पुग्ने सम्भावना हाल देखिएको छैन् । प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ९ गरी २२ स्थान भइरहेको छ । संघीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रको ४ प्रत्यक्ष र ४ समानुपातिक गरी ८ स्थान, नेकपा एसको ४ प्रत्यक्ष र २ समानुपातिक गरी ६ स्थान हुने भएको छ । त्यसैगरी,जसपाको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी ६ जना , लोसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ २ गरी ९ जना , जनमतको प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ७ गरी १३ जना प्रदेशसभामा हुने छन् । राष्ट्रिय नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको १÷१ स्थान हुनेछ । प्रदेशसभामा ६ जना स्वतन्त्र सभासद रहेका छन् । मधेश प्रदेश सभामा कुल ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १ सय ७ जना रहेको छ । संघीय सरकारका लागि छलफल भइर हेसंगै प्रदेश सरकार गठनबारे पनि छलफल चलिरहेको छ । मधेश प्रदेशमा सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपा, जनमत पार्टी मिलेर सरकार बनाउने विषयमा एक प्रकारले सहमति जुटेको छ ।

तर संघीय सरकारमा जसपाको समर्थन खोजेको माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी गराउन अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने करिब निश्चित भएको छ । कांग्रेसबाट सरकारको नेतृत्व गर्न मधेश प्रदेश समितिका सभापति कृष्णा यादव (रौतहट १ को ख) र निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव (धनुषा ३ को क)ले दाबी गरेका छन् । समानुपातिक सांसदको टुंगो लागेपछि मात्र दलको नेता चयनको प्रकृया सुरु हुनेछ । प्रदेश सभापति समेत रहेका यादवले संसदीय दलको नेता सर्वसम्मतिबाट चयन हुने बताएका छन् । प्रदेशको ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा धनुषा क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित दीपेन्द्र ठाकुरले दाबी गरेका छन् ।

सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि सकृय ठाकुर सफल निर्माण व्यवसायी पनि हुन् । उनलाई दलको नेता बनाउन प्रत्यक्ष निर्वाचित अधिकांश सांसदहरुले समर्थन गर्ने बताएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम निर्वाचन क्षेत्रबाट विजयी भएकाले उच्च प्राथमिकतामा राखिने बताइएको छ । ठाकुरप्रति एमालेका प्रभावशाली नेताहरुपनि सकारात्मक देखिएका छन् । तेस्रो वरियतामा रहेको जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउतले चाहना गरेका छन् । तर उनी अत्यन्त बदनाम भएकाले दलको नेतामा रामअशिष यादवलाई मौका मिल्ने सम्भावना छ । सोही दलका सरोजकुमार यादव पुनः सभामुखमा चयन हुने पनि सम्भावना रहेको छ ।सो दलमा यस निर्वाचनमा पहिलाकै सांसदहरुको पनि बाहुल्य देखिएको र उनीहरुको चाहना यादवलाई नै सभामुख बनाउने रहेकाले यादवलाई पुनः सभामुखमा मौका मिल्ने सम्भावना रहेको छ । लोसपा संसदीय दलको नेतामा पुनः जितेन्द्र सोनल सर्वसम्मतिबाट चयन हुने निश्चित छ ।जनमतमा दलको नेता चयनमा अहिले छलफल सुरु भएको छैन् । प्रदेश सभाको पहिलो सरकार दुईवटा दलले मिलेर बनाएका थिए । तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) सरकारमा सहभागी थिए । संघीय समाजवादी पार्टीबाट लालबाबु राउत मुख्यमन्त्रीसहित तीन जना मन्त्री र उतिकै राज्यमन्त्री रहेका थिए ।जसपाबाट पनि तीन जना मन्त्री र तीन जना राज्यमन्त्री थिए । लामो समय १३ सदस्यीय मन्त्रिमण्डलले काम चलेको थियो । केन्द्रमा राजनीतिक उथलपुथल भएसँगै प्रदेशमा पनि सरकारबाट जसपाका मन्त्रीहरुलाई हटाइएको थियो ।

त्यसपछि कांग्रेस, माओवादी र नेकपा एस सरकारमा सहभागी भएको थियो । चुनावको मुखमा कांग्रेसलाई पनि सरकारबाट हटाइएको थियो । सरकारमा जसपा, माओवादी केन्द्र र नेकपा एसको सहभागिता रहेको छ । मुख्यमन्त्री राउत नै छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रचण्ड सँग जनमत पार्टीका अध्यक्ष राउतको भेट

प्रचण्ड सँग जनमत पार्टीका अध्यक्ष राउतको भेट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य