TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषामा ८७ उम्मेदवारको जमानत जफत


धनुषामा ८७ उम्मेदवारको जमानत जफत
ADVERTISEMENT

धनुषामा प्रतिनिधिसभाको ८७ जना उम्मेदवारको जमानत जफत भएको छ ।


प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका धनुषाको चारै निर्वाचन क्षेत्र गरी ८७ जनाको जमानत जफत भएको छ । धनुषाको चारै निर्वाचन क्षेत्र मिलाएर एक सय तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए । पछि तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए भने एक सय उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । जस मध्ये ८७ जनाको जमानत जफत भएको छ भने १४ जनाले मात्रै जमानत जोगाएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा)का महाजन यादवको पनि जमानत जफत भएको छ । यादवसहित यस क्षेत्रबाट उम्मेदवार बनेका २७ जनाको जमानत जफत भएको छ । उनले पाँच हजार दुई सय १२ मत मात्रै प्राप्त गरेका छन् । निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको दश प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । यहाँ ८० हजार तीन सय १२ मतदान भएको थियो । जसमध्ये ७६ हजार सात सय ६९ मत सदर र तीन हजार पाँच सय ४३ बदर भएको थियो । यहाँ नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गरेर नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

यहाँ स्वतन्त्र उम्मेदवार कृष्णा महतोको पनि जमानत जफत भएको छ । कृष्णाले चार हजार तीन सय ४३ मत मात्रै ल्याएका छन्। यस्तै, धनुषा निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधेन्द्र कुमार रायसहित २१ जनाको जमानत जफत भएको छ । रायले मात्र तीन सय ६४ मत ल्याएका थिए । उनीसहित २१ जना उम्मेदवार सो भन्दा कम मत ल्याएका छन् । यहाँ २५ जना उम्मेदवार थिए । जसमध्ये चार जनाले मात्रै जमानत जोगाएका छन् । जसपाका दीपक कार्की निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादव, जनमत पार्टीका किशोरी साह र राप्रपाका मनोज मल्ल बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, निर्वाचन क्षेत्र २ मा ११ जनाको जमानत जफत भएको छ । यहाँ राप्रपाका राजकुमार अधिकारीसहित ११ जनाको जमानत जफत भएको छ । अधिकारीले तीन सय ६६ मत ल्याएका छन् । उनी भन्दा कम दश जना उम्मेदवारले मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन् । पाँच जना उम्मेदवारले यहाँ सम्मानजनक मत ल्याएका छन् । निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेका उमाशंकर अरगरिया झिनो मतले पराजित भएका छन् । अरगरियाले १९ हजार ९ सय ५५, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६ सय ५, जसपाका गंगाराम यादवले १२ हजार ८ सय एक र जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय ९२ मत ल्याएका छन् ।

यस्तै, धनुषा निर्वाचन क्षेत्र ३ मा २८ जनाको जमानत जफत भएको छ । यहाँ ३१ जना उम्मेदवार चुनावी मैदानमा थिए । नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी छन् । उनले ३३ हजार तीन सय ८८ मत ल्याएर पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झालाई पराजित गरेका छन् । यहाँ जनमतका शम्भुनाथ साहले सात हजार तीन सय ७४ मत ल्याएका छन् । यहाँ ७२ हजार सात सय १८ मतदान भएको थियो । जसमध्ये ६७ हजार आठ सय ९३ मत सदर र चार हजार एक सय ८६ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य