TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

४ दिनदेखि ठप्प नगराइन नगरपालिका


४ दिनदेखि ठप्प नगराइन नगरपालिका
ADVERTISEMENT

जनकपुरधाम । विगत ४ दिनदेखि नगराइन नगरपालिका ठप्प भएको छ । कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ । नगरपालिका अन्तर्गतका कर्मचारीहरु साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै विगत ४ दिन देखि तालाबन्दी गरी आन्दोलित छन् ।


नगरपालिकाले अहिलेसम्म नगर परिषद् गर्न नसकेका कारण कार्यालयबाट हुने सबै प्रकारका सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा छन् ।उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आवद्ध जनप्रतिनिधिहरुले असार १० मा हुने नगरसभा अहिलेसम्म हुन दिएका छैनन् । यस भन्दा पहिलेका मेयर परमेश्वर यादवले नगरस्तरीय बजेटमा वडाध्यक्षहरुको रोहवरमा उपभोक्ता समिति गठन हुने तर, त्यो बजेट नगरपालिकाबाट प्रत्यक्ष रुपमा सञ्चालन गर्न पाउने भनि कार्यपालिकाको बैठकबाट सर्वसम्मतले पारित गराएका थिए । त्यतिबेला उनी बहुमतमा थिए । तर, वर्तमान मेयर विनय यादव अहिले अल्पमतमा छन् र उनी भन्दा बढी सदस्यहरु एमालेको पक्षमा छन् । नेपाली कांग्रेसबाट विजयी भएका मेयर यादवलाई त्यहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जनप्रतिनिधिहरुले साथ दिए पनि एमाले संग पूर्ण बहुमत रहेका कारण उनीहरु त्यो प्रावद्धान नहटाए नगर सभा हुन नदिने अडानमा रहेका छन् । नगराइन नगरपालिका–८ का वडाध्यक्ष संजय राउतले संशोधन नभएसम्म आपूmहरु नगरसभा हुन नदिने अडान लिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले मंगलवार सबै वडाका वडाध्यक्ष लगायत मेयर उपमेयरलाई कर्मचारीहरुको समस्या समाधानका लागि बैठक बोलाइए पनि वडाध्यक्ष राउतका अडानले वैठक सफल हुन सकेन् । कर्मचारीहरु आन्दोलित छन्, समस्या सामाधान गर्नुपर्ने जनप्रतिनिधिहरुको दायित्व रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत कर्णले जनप्रतिनिधिहरु समक्ष हारगुहार लगाए पनि एमालेका जनप्रतिनिधिहरुले भने टेरेका थिएन् । मेयर यादवले पुरानै ऐन अनुसार हिड्न बैठकमा तथा विभिन्न चरणमा भएको वार्तामा आग्रह गर्दै आपूmले कुनै प्रकारको अनैतिक काम गरे त्यो दिन देखि तपाईहरुलाई कुनै नगरसभामा सहमति जनाउन आग्रह नगर्ने बताए पनि उनीहरुले त्यो मागको बारेमा गम्भीर नभएको बैठकमा सहभागी एक जनप्रतिनिधिले जानकारी दिए । वर्तमान मेयर यादवले कर्मचारीहरुको समस्या सामाधान गर्न जनप्रतिनिधिहरुसंग आग्रह गर्दै उनले सवैको मञ्जुरीमा नगरपालिकाको कामकारवाही आगाडि बढ्ने बताउँदै उनले पटक पटक आग्रह गर्दा पनि ती वडाध्यक्षहरुले टेरेका छैनन् ।

बैठक सम्पन्नपछि जनकपुर टुडे संग कुराकानी गर्दै मेयर यादवले भने–‘ नगरसभा सबै समस्याको जरो रहेकोछ, मैले जनप्रतिनिधि साथीहरुसंग कुराकानी गरे तर, उनीहरु आफ्नो अडानमा छन् । समस्या सामाधान तिर ध्यानाकर्षण हुन सकेको छैन् ।’ एमाले सम्बद्ध जनप्रतिनिधिहरुले वडास्तरीय बजेट आपूm अनुकूल चलाउने र नगरस्तरीय बजेट पनि आपूm अनुकूल नै चलाउने अडान लिएपछि विगतको कार्यकाल देखि नै विवाद हुँदै आएको छ । त्यस भन्दा पनि त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीचको द्वन्द देखिएको छ । त्यहाँ धनुषा निर्वाचन क्षेत्र नम्वर ३ की एमाले सांसद जुली कुमारी महतोको प्रत्यक्ष निगरानीमा जानी जानी विवाद निम्त्यिाइएको स्थानीयहरु बताउँछन् ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर रहेको नगराइनमा जुली आफ् नो प्रभाव कायम गर्नका लागि आफ्ना नेता कार्यकर्तालाई परिचालन गरी कांग्रेसबाट विजयी भएका मेयर यादवलाई असफल तुल्याउन चाहेकी स्थानीय वेचन यादवले बताए । उनी जस्तै बुझाई रामपुकार साह, जयनाथ झा लगायत दर्जनौको रहेको छ । मेयरमा यस भन्दा पहिला पनि कांग्रेस नै विजयी भएको थियो भने यस पटक पनि कांग्रेस नै विजयी भएपछि जुलीको सक्रियतामा नगराइन नगरपालिकालाई असफलताको बाटोमा लैजान चाहेको स्थानीय विल्टु विनले बताए । यता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मेयरका प्रत्याशी तथा राजेश (राजु) चौधरीले जनताप्रति मेयर र उपमेयर दुबै अनुदार रहेको आरोप लगाएका छन् । हामीले पटक पटक आन्दोलन गरेर नगरसभाको माग गरेको जानकारी दिँदै ती आन्दोलनको माग पूरा स्वरुप मेयरले नगरसभा बोलाएका थिए तर, एजेण्डाविहीन नगरसभा रहेको आरोप लगाए ।

नगराइन नगरपालिकाका मेयर यादव र उपमेयर राधादेवी यादव दुबैमा अहंकार, दम्भले भरिपूर्ण रहेका कारण सम्पूर्ण नगरवासी नै समस्या झेल्ने अवस्था आएको आरोप लगाए । उनले आपूmहरु सकारात्मक प्रतिपक्षीको भूमिकामा रहेको र जनताको हितमा हुने कार्यको साथमा रहेको बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
१ हजार र ५ सयको नोटको सिरिज बन्द गर्न सरकारलाई सुझाव

१ हजार र ५ सयको नोटको सिरिज बन्द गर्न सरकारलाई सुझाव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य