TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

समानुपातिक सिफारिसमा भाँडभैलो : नेकां र जसपाको मापदण्ड विपरीत सिफारिस


समानुपातिक सिफारिसमा भाँडभैलो : नेकां र जसपाको मापदण्ड विपरीत सिफारिस
ADVERTISEMENT

समानुपातिकतर्फको प्रतिनिधि र प्रदेश सभासदको नाम सिफारिसमा दलहरुमा भाँडभैलो मच्चेको छ ।निर्वाचन आयोगले निर्धारण गरेको मापदण्ड विपरीत केही दलहरुले नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश दुबै तर्फको समानुपातिक सांसदहरुको सूची पठाउँदा निर्वाचन आयोगले निर्धारण गरेको कल्स्टर अनुरुप नरहेको देखिएको छ ।समानुपातिकतर्फ नेताहरुमा सहमति हुन नसकेपछि समानुपातिकतर्फ प्राप्त गरेको भन्दा बढी सिट पनि सिफारिस गरिएको छ ।


नेपाली कांग्रेसले मधेश प्रदेशमा १ जना मात्र पुरुषको सिफारिस गर्नुपर्ने हो ।कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ स्थान पाएको छ । विभिन्न कल्स्टरबाट ८ जना महिला र मधेशी पुरुषबाट १ जनालाई राख्नु पर्ने हो । तर नेताहरुले आयोगको सूची विपरीत मधेशी तर्फको १ नम्बरमा रहेका कुमरकान्त झालाई हटाएर अल्पसंख्यक सूचीमा रहेका राकेश सिंहको नाम सिफारिस गरिएको छ । मधेश प्रदेशमा पहिलो प्राथमिकतामा मधेशी कल्स्टरलाई राखिएको छ । कांग्रेसका केही नेताहरुले अनुचित लाभको प्रलोभनमा परेर झाको नाम हटाएको आरोप नेकांका युवा नेता धीरेन्द्रमोहन झाले लगाएका छन् ।‘निर्वाचन आयोगको प्राथमिकता क्रम अनुसार मधेशीबाट १ नम्बरमा रहेका झाको नाम सिफारिस हुनुपर्छ’ उनले भने, तर अल्पसंख्यकबाट महिला र पुरुष समेतलाई राखेर आयोगले बनाएका कल्स्टर विपरीत सिफारिस गरिएको छ । नेताहरुका अनुसार मधेश प्रदेशमा सहमति हुन नसकेपछि राति १ बजे मापदण्ड मिच्दै सिफारिस गरिएको थियो ।

पार्टीले गरेको सिफारिस विरुद्ध कुमरकान्त झाले आयोगमा उजुरी दर्ता गरेका छन् ।‘विधि प्रक्रिया अनुसार पार्टीले सिफारिस गर्नुपर्ने हो’ पीडित झाले भने, पार्टीका केही नेताहरुले मापदण्ड मिचेर म माथि अन्याय गरेका हुन् । निर्वाचन आयोगले गल्ती सच्याउन दलहरुलाई दिएको समयावधि भित्र कांग्रेसले मधेश प्रदेशको सभासद सिफारिसको सूचीलाई सच्याउनेमा विश्वस्त रहेको झाले बताए । स्रोतहरुका अनुसार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित रमेश रिजालले सिंहसित ३० लाख रुपैयामा ‘डिल’ गरेका छन् । प्रक्रिया मिचेर गरिएको सिंहको सिफारिसको कारण अल्पसंख्यक महिलामा रहेका इन्दुकुमारी साह र अञ्जना पण्डित मध्ये एकजना महिलालाई अर्को कल्स्टरमा राख्नु पर्ने बाध्यात्मक स्थिति आएको नेताहरुले बताएका छन् । अत्यन्त विपन्न परिवारबाट कांग्रेस पार्टीमा झण्डै ४ दशकदेखि सक्रिय, जेल र थुनामा समेत परेका झालाई हटाउँदा पार्टीमा समेत व्यापक असन्तुष्टि देखिएको युवा नेता घनश्याम यादवले बताए । झा हाल धनुषा कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हुन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आजदेखि हट्यो निर्वाचन आचारसंहिता

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य