धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।
आइतबार राति बटेश्वर गाँउपालिका-५, शान्तिपुरकी २८ वर्षीया रितादेवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
घरमा सुतिरहेकी रितामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको थियो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।
उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ। रितादेवीको हत्याको समयमा उनका श्रीमान् वीरेन्द्र अर्को घरमा सुतेका थिए। हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । रितादेवीको श्रीमानलाई प्रहरीले नियन्त्रनमा लिई सोधपुछ गरिरहेको जनाईएको छ ।









तपाईको प्रतिक्रिया