काठमाडौं, मङ्सिर २६ गते । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका विभिन्न स्थानमा पानीको ’फ्लो’ चेकजाँच गरिरहेको छ । यहीक्रममा सोमबार लैनचौरमा खानेपानीको पाइप फूटेको छ ।
पाइप फुट्दा सडक नै अस्तव्यस्त बनेको छ। सडकमा पानी बग्न थालेपछि दरबारमार्ग, जमल, बसपार्क, घण्टाघरलगायतका क्षेत्रको सडक प्रभावित बनेको छ । जहाँ ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो ।









तपाईको प्रतिक्रिया