TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीपीसीको भातृ संस्था बन्दै मधेश विश्वविद्यालय


वीपीसीको भातृ संस्था बन्दै मधेश विश्वविद्यालय
ADVERTISEMENT

मधेश प्रदेश सरकारले वीरगञ्जमा स्थापना गरेको मधेश विश्वविद्यालय वीरगञ्ज पब्लिक कलेज (वीपीसी) को भातृ संगठन बनेको छ ।


प्रदेश सरकारले विश्वविद्यालयको उपकुलपति (भीसी) मा वीपीसीका सञ्चालक प्रिन्सिपललाई उपकुलपति नियुक्त गरेको छ ।देशमा आमनिर्वाचन भइरहेको बेला भीसीको सिफारिसमा कुलपति रहेका मुख्यमन्त्री लालबाबु राउतले वीपीसीका प्राध्यापक विजय यादवलाई रजिष्टारमा नियुक्त गरेका हुन् । आमनिर्वाचनको क्रममा निर्वाचन आयोगले असोजदेखि नै आचारसंहित लागु गरेको थियो ।तर मधेश प्रदेश सरकारले पुरानो मिति राखेर आचारसंहिता लागु रहेको अवधिमा यादवको नियुक्ति गरेको खुलासा भएकोछ । चुनावको परिणाम घोषणा भइरहेको बेला मंसिर १६ गते विश्वविद्यालयको सिनेट बैठकमा अचानक रजिष्टार देखिएको सहभागी एकजना सरकारी अधिकारीले जनाए । विश्वविद्यालयको ऐनमा उपकुलपतिको सिफारिसमा कुलपतिले रजिष्टार, रेक्टर लगायतलाई नियुक्त गर्ने प्रावधान राखिएको छ ।विश्वविद्यालयको सहकुलपतिमा मधेश प्रदेशको समाजिक विकास मन्त्रीलाई राखिएको छ ।तर रजिष्टार, रेक्टर लगायतको नियुक्तिमा उनको सहमति आवश्यक रहेको छैन् ।

निर्वाचन आचारसंहिता अघिसम्म नियुक्त नभएका रजिष्टारलाई सिनेट बैठकमा अचानक देख्दा कर्मचारीहरु समेत छक्क परेको सहभागी एकजनाले जनाए । डा. दीपक शाक्यले सञ्चालन गरेको वीपीसी निजी स्वामित्वको कलेज हो ।त्यहाँ कमर्स बाहेकका विभाग रहेको छैन् ।त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको सो कलेजका सञ्चालक शाक्य भीसी बनेपछि प्राध्यापकलाई रजिष्टार बनाएका छन् । मधेश विश्वविद्यालयको ऐन अनुसार भीसीकै सिफारिसमा कुलपति मुख्यमन्त्रीले रजिष्टार नियुक्त गर्ने प्रावधान अनुसार वीपीसीका प्राध्यापक यादवलाई नियुक्ति गरिएको छ ।स्रोतका अनुसार सिनेटर र रजिष्टारको नियुक्ति चुनाव सम्पन्न भएपछि गरिएको हो ।तर नियुक्ति पत्रको तिथि आचारसंहिता लागु हुनु भन्दा अगावैको राखिएको छ ।

मधेश प्रदेश सरकारले निर्वाचनको क्रममा कयौं महत्वपूर्ण निर्णयहरुगर्दै विभिन्न नियुक्तिहरु गरेको आरोप लागेको छ ।मुख्यमन्त्री राउतले मधेश विश्वविद्यालयमा एउटै निजी कलेजका सञ्चालक र प्राध्यापकलाई मधेश विश्वविद्यालय जिम्मा लगाएको आरोप लगाउँदै बौद्धिक क्षेत्रमा ब्यापक विरोध सुरु भएको छ । विश्वविद्यालयलाई वीपीसीको शाखाको रुपमा स्थापित गर्न लागिएको आरोप लगाउँदै मधेश प्रदेश सरकारले नियुक्तिमा पारदर्शिता नअपनाएको आरोप स्थानीय बुद्धिजिवीहरुले लगाएका छन् ।विश्वविद्यालयमा नियुक्त भएका भीसी र रजिष्टारले आफ्नो निजी कलेजको बृहत् हितका लागि सरकारी सेवा, सुविधाहरुको उपयोग गर्न सक्ने संभावना रहेको आशंका गरिएको छ । गत भदौ ६ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको सो विश्वविद्यालयमा हाल सम्म उपकुलपति बाहेक नियुक्तिको कुनै सूचना सार्वजनिक गरिएको छैन् ।तर केही कर्मचारी पनि भित्री रुपमा नियुक्त गरिएको बताइएको छ । यस सम्बन्धमा मधेश विश्वविद्यालयका कुलपति समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उपकुलपति दीपक शाक्य सम्पर्कमा आउन चाहेनन् ।

रजिष्टारको नियुक्ति भएको मिति लगायतका विवरण विश्वविद्यालयबाट समेत उपलब्ध हुन सकेन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
समानुपातिकको सूची सच्याउन एमालेलाई दोस्रो पत्र पठाइने, अरु दलको नतिजा सार्वजनिक गर्ने तयारी

समानुपातिकको सूची सच्याउन एमालेलाई दोस्रो पत्र पठाइने, अरु दलको नतिजा सार्वजनिक गर्ने तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य