जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ ।
११ हजार नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो ।जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पन्चायत बस्ने रमनलाई नियन्त्रणमा लिएका थिए ।भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया