TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी


मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी
ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टी(एस)बीच एकीकरणको तयारी सुरु भएको छ । आमनिर्वाचनमा अपेक्षाकृत सफलता हात पार्न नसकेको जसपा र राष्ट्रिय दल बन्न असफल भएको नेकपा एसबीच एकीकरणको प्रक्रियाले धेरै चरण पार गरिसकेको उच्चस्रोतले जनाए ।


‘जसपाका अध्यक्ष उपेन्द्र यादव र एसका अध्यक्ष माधवकुमार नेपालबीच एकीकरणको विषयमा छलफल अगाडि बढेको छ’ स्रोतले भने, दुबै नेताबीच सकारात्मक वार्ता भएको छ ।दुबै दलबीच कार्यगत एकता भएको चाँडै घोषणा हुने स्रोतले जनाए । संघीय सरकार गठनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भए बाहेक कांग्रेस र एमालेलाई अन्य दलसित मिलेर सरकार बनाउन जसपा अथवा नेकपा एस अनिवार्य चाहिन्छ ।दुबै दल एकीकरण भए सत्ताको निर्णायक शक्ति बन्ने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाँडै समाजवादी केन्द्र गठन हुने बताए लगतै जसपा र एसबीच एकीकरणको प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० जना सांसद छन् । प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशको सरकार गठनमा जसपा निर्णायक रहेको छ । एससित एकीकृत भए जसपा झन् बलियो हुनेछ । जसपासित एकीकृत भए एसका सांसदहरुले पनि दलको मान्यता प्राप्त गर्ने छन् । राष्ट्रिय दल रहेको जसपामा एस मिसिएसँगै एसका सांसदहरुको स्वतन्त्र हैसियत समाप्त हुनेछ ।

जसपाका अध्यक्ष यादव प्रतिनिधि सभामा नरहेकाले दलको नेतामा एसका अध्यक्ष नेपालले अवसर पाउने छन् । जसपा संघीय परिषद्का अध्यक्ष रहेका अशोक राईसित पनि एसका नेताहरुले छलफल गरेका छन् ।नेपाल र राई विगतमा एमालेमा नै थिए ।उनीहरुबीचको सम्बन्धमा तिक्तता नरहेको बताइन्छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख समेत प्रदेशमा मुख्यमन्त्रीहरुको समेत प्याकेजमा सहमति गर्न चाहेको छ ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकार गठनको विषयमा छलफल सुरु भइसकेको छ । नेकपा एमालेले सरकारको नेतृत्व गर्न नेकां र माओवादी दुबैलाई समर्थन गर्ने संवाद गरिरहेको छ ।एमालेले माओवादी र कांग्रेसका नेताहरुसितको छलफललाई निरन्तरता दिएको छ । सत्तासाझेदारीको विषयमा औपचारिक रुपमा जसपालाई कांग्रेस र एमालेले सम्पर्क नगरेको नेताहरुले बताएका छन् ।स्रोतका अनुसार कांग्रेस समेतको गठबन्धनमा नै जसपा पनि सहभागी हुने बलियो संभावना छ । जसपालाई उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्री दिने विषयमा सत्तारुढ गठबन्धनमा सकारात्मक छलफल भइरहेको छ ।देशको पहिलो राष्ट्रपति नेपाली कांग्रेसले पाएको बेला उपराष्ट्रपतिमा जसपाबाट परमानन्द झा निर्वाचित भएका थिए । जसपाका सांसद एवं निवर्तमान महासचिव रामसहाय यादवले हाल सत्तासाझेदारीको विषयमा कुनै दलले सोधखोज नगरेको बताए ।

‘सरकार बनाउन गठबन्धनका लागि कुनै दलबाट प्रस्ताव आएको छैन्’ उनले भने, तर पहिलो रोजाई सत्तारुढ गठबन्धन सक्छ । एससित एकीकरणको प्रक्रिया अगाडि बढेसँगै सत्तामा हिस्सेदारी हुने निश्चित छ । सरकारको नेतृत्वका लागि प्रचण्डले देउवा समक्ष औपचारिक रुपमा नै प्रस्ताव राखिसकेका छन् ।तर देउवाले गठबन्धनको बैठकमा छलफल गर्ने जवाफ दिएका थिए । सरकारको नेतृत्व गर्न प्रचण्डलाई जसपा र एसको बलियो साथ चाहिएको छ । यादव र नेपालले नसघाए प्रचण्डलाई कांग्रेस र एमाले दुबैले प्रधानमन्त्री दिने संभावना छैन् । जसपा र एसबीच एकीकरण भएपछि प्रचण्डले भने जस्तै समाजवादी केन्द्र गठनको प्रक्रिया पनि अगाडि बढन सक्ने संभावना रहेको छ । डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीलाई जसपाले एकीकृत गरेको थियो ।तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) लाई पनि पार्टीमा मिलाएको थियो । तर पहिले महन्थ ठाकुर लगायतका नेताहरुले जसपाबाट बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए ।

त्यस लगतै डा.भट्टराईले पनि नेपाल समाजवादी पार्टी गठन गरे पनि चुनाव माओवादी केन्द्रको छापबाट लडेका थिए ।त्यस पार्टीका अध्यक्ष महेन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट राजेन्द्र महतोलाई पराजित गरेका हुन्

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
समलिंगी विवाहलाई मान्यता प्रदान गर्न माग गर्दै सर्वोच्चमा रिट

संसद विघटन मुद्दा : दुई वर्षसम्म सर्वोच्चले दिएन फैसलाको पूर्णपाठ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य