TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संसद विघटन मुद्दा : दुई वर्षसम्म सर्वोच्चले दिएन फैसलाको पूर्णपाठ


समलिंगी विवाहलाई मान्यता प्रदान गर्न माग गर्दै सर्वोच्चमा रिट
ADVERTISEMENT

५ पुस २०७७ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले ११ फागुनमा बदर गरिदिएको थियो ।


उक्त फैसला सुनाएको दुई वर्ष पूरा हुँदा पनि सर्वोच्च अदालतले उक्त फैसलाको पूर्ण पाठ तयार गरेको छैन ।

‘हो, अहिलेसम्म पनि फैसलाको पूर्णपाठ तयार भएको छैन’, सर्वोच्च अदालतका एक इजलास अधिकृतले भने, ‘पूर्णपाठको मस्यौदासम्म तयार भएको हो । प्रधानन्यायाधीश (चोलेन्द्रशमशेर जबरा) विवादमा परेपछि त्यो विषय प्राथमिकतामा परेन र फैसलाको पूर्णपाठ तयार हुन सकेन ।’

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले एकमतले प्रतिनिधिसभा विघटन बदर हुने फैसला गरेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले त्यतिबेलाको फैसलाको पूर्णपाठ तयार नभइसकेको बताए । ‘केही समय अघिसम्म मस्यौदाको तयारी भएकोसम्म थाहा छ’ उनले भने, ‘छिट्टै त्यसको पूर्णपाठ सार्वजनिक हुनेछ ।’ निलम्बित प्रधानन्यायाधीश जबराको अवकाशले पूर्णपाठ तयार गर्न अप्ठेरो नपर्ने उनले बताए ।

सर्वोच्च अदालतका महत्वपूर्ण फैसलाहरु नजीरका रुपमा प्रकाशित हुन्छन्, जसले कानूनसरह मान्यता पाउँछन् । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी अदालतको निर्णयको पूर्णपाठ नआउँदा कतिपय संवैधानिक र कानूनी विवाद निरुपणका आधारहरु स्पष्ट नहुने बताउँछन् ।

‘त्यतिबेला पनि आदेश त आयो, आदेश कार्यान्वयन पनि भयो, संक्षिप्त रुपमा के कति कारणले यस्तो आदेश जारी गर्नुपर्‍यो भन्नेसम्मको विवरण आयो’ उनी भन्छन्, ‘पूर्णपाठ सार्वजनिक नहुँदा संविधानका धारा, तिनका सन्दर्भ र अदालतले गरेको व्याख्याको आधार र अरु विषय सार्वजनिक हुन सक्दैनन्, जसले गर्दा फेरि त्यस्तै प्रश्न उठ्दा अन्यौल कायम रहन्छ ।’सर्वोच्च अदालतले फैसलाको संक्षिप्त विवरणमा संविधानको धारा ७६ को प्रयोग र शर्तबारे बोलेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभा विघटन गरेको दाबी गरेपनि सर्वोच्च अदालतले त्यसलाई नाजायज ठहर्‍याएको थियो ।

विघटनपछि तत्कालीन प्रधानमन्त्रीले त्यसलाई प्रधानमन्त्रीमा रहेको अन्तरनिहीत अधिकार भनी दाबी गरेका थिए । तर सर्वोच्च अदालतले संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नहुने फैसला सुनाएको थियो । त्यो मुद्दामा सर्वोच्च अदालतले संसदीय शासन प्रणाली र विघटन राजनीतिक कि संवैधानिक प्रश्नबारे संक्षिप्त आदेश तयार गर्दै त्यसको विस्तृत व्याख्या र संवैधानिक इजलासको दृष्टिकोण पछि सार्वजनिक हुने औंल्याएको थियो ।

सर्वोच्च अदालतले ११ फागुन, २०७७ मा पहिलो विघटनको फैसलाले प्रतिनिधि सभा विघटनलाई प्रधानमन्त्रीको विशेषाधिकार नभई प्रतिनिधि सभाले सरकार बनाउन नसकेमा ताजा जनादेशका लागि अपनाउनुपर्ने प्रक्रिया भनी अर्थ्याएको थियो ।

विघटनको सिफारिस संविधानको आधारभूत मर्म, मूल्य र मान्यताको प्रतिकूल रहेको भनी व्याख्या गर्दै संसदीय दलको नेताको हैसियतले नियुक्त प्रधानमन्त्री अनि मन्त्रिपरिषद् संसदप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय हुने औंल्याएको थियो ।

सर्वोच्चले प्रतिनिधि सभामा बहुमत कायम रहेको संसदीय दलको नेतालाई नेपालको संविधानको धारा ७६ को उपधारा ७ मा उल्लेखित प्रावधानहरुको अभ्यास गर्नुपर्ने परिकल्पना नहुने व्याख्या गरेको थियो । त्यतिबेला संक्षिप्त आदेशमा भनिएको थियो, ‘संविधानका निर्माताहरूले प्रतिनिधि सभा विघटनसम्बन्धी व्यवस्थालाई संविधानमा निशर्त रुपमा खुला छाडेको पाइँदैन ।’ तर पूर्णपाठ तयार नहुदा किन र के आधारमा सर्वोच्च अदालतको संवैधानिक इजलासले यो व्याख्या गर्‍यो भन्ने प्रश्न अनुत्तरित बनेको हो ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मी संक्षिप्त आदेशमार्फत प्रश्न उठेका विषयवस्तुवारे बोलिएको र त्यसको कार्यान्वयन समेत भइरहेकाले पूर्णपाठको हतारो नभएको हुनसक्ने अनुमान गर्छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भएको महाकाली सन्धिको विवादमा पनि सर्वोच्च अदालतले पूर्णपाठ तयार गरेन ।
‘तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले यो सन्धी हो र संसदीय प्रक्रियामा जानुपर्छ भनी आदेश त गर्‍यो’ रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने भन्छन्, ‘तर कहिल्यै फैसलाको पूर्णपाठ आएन । न्यायाधीशहरू अवकाश भएपछि त्यो विषय त्यत्तिकै सेलायो ।’

उनका अनुसार, आदेश गर्ने पाँच सदस्यीय इजलासमा रहेकामध्ये धेरैजसो न्यायाधीश दिवंगतसमेत भइसके । महत्वपूर्ण संवैधानिक प्रश्न जोडिएकाले प्रतिनिधि सभा विघटनको फैसलाको पूर्णपाठ तयार हुनुपर्ने उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कांग्रेस संसदीय दल निर्वाचन बुधबार : उम्मेदवारी दर्ता आज

कांग्रेस संसदीय दल निर्वाचन बुधबार : उम्मेदवारी दर्ता आज

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य