TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

निर्वाचित सांसदको शपथग्रहण कार्यक्रम अन्योलमा


सरकार गठनको गृहकार्यमा सकस
ADVERTISEMENT

प्रतिनिधिसभामा नव निर्वाचित सांसदहरुको आगामी ७ पुसमा शपथ ग्रहण हुने समय तोकिए पनि मधेश प्रदेश सभामा निर्वाचित प्रदेश सांसदहरुको शपथ ग्रहणको समय अन्योलमा छ ।


प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)का सांसद गोविन्द्र बहादुर न्यौपाने बिरामी हुँदा अहिले सम्म प्रदेशका शपथग्रहणको समय तोकिन नसकिएको मधेश प्रदेश सभ सचिवालयका सचिव रंजित यादवले बताए । ज्येष्ठ सदस्यको स्वास्थ्य अवस्था ठिक छैन, उहाँ विरामी हुनुहुन्छ, सचिव यादवले भने,‘ भोलि उहाँलाई भेटेर छलफल पश्चात शपथग्रहणको टुंगो लगाउछौ ।’ ज्येष्ठ सदस्य न्यौपाने सप्तरीबाट निर्वाचित भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ सदस्यलाई शपथ गराएपछि उनी बाँकी नव निर्वाचित प्रदेश सांसदहरुलाई शपथ गराउने सचिव यादवले बताए । मधेश प्रदेशमा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १ सय ७ सदस्य रहेका छन् ।

केन्द्रको निर्णय कुर्दै सांसद

निर्वाचन आयोगले निर्वाचित सबै सांसदलाई परिचयपत्र दिइसकेको छ । दलहरु केन्द्रमा नेता चयन गर्न व्यस्त छन् । सरकार बनाउन पनि शीर्ष नेताहरुको दौडधुप जारी नै छ । तर केन्द्रीय नेताहरुले प्रदेश बारे कुनै निर्णय नगर्दा प्रदेशमा सरकार गठन तथा दलको नेता बारे अन्यौलता देखिएको छ ।

मधेश प्रदेशमा यसपालि सात वटा दल संसदीय दलको रुपमा प्रतिनिधित्व गर्दै छन् । यद्यपि प्रदेशमा पनि दलको नेता बन्न आकांक्षी तथा सरकार बनाउने विषयमा प्रमुख दलहरुले आन्तरिक गृहकार्य गरिरहेका छन् । तर उनीहरु मुख्य रुपमा सरकार बनाउनेदेखि लिएर दलको नेता चयनको लागि पनि केन्द्रकै भर परेका छन् । उनीहरु केन्द्रको निर्णय कुरिरहेको देखिन्छ । नेपाली कांग्रेसमा दलको नेता बन्ने आकांक्षी बढी देखिएको हुनाले चुनाव हुने सम्भावना छ । तर केन्द्रले निर्णय गरेर प्रदेश समितिलाई जिम्मेवारी दिन नसकेको हुनाले दलको नेता चयन प्रक्रिया अगाडि नबढेको पूर्व मन्त्री तथा वर्तमान सांसद रामसरोज यादवले जानकारी दिए । ‘केन्द्रले प्रदेश समितिलाई जिम्मेवारी दिन्छ । समितिले आकांक्षी बारे छलफल गर्नेछन्,’उनले भने,‘सहमतिमा दलको नेता चयन नभए चुनाव हुन्छ ।’ नेपाली कांग्रेसमा प्रदेश समितिलाई जिम्मेवारी दिएपछि तीन सदस्य समिति बन्ने छन् । उक्त समितिले दलको नेता बारे छलफल प्रारम्भ गर्नेछन् । दलको नेता चयन भएपछि ७१ वर्षीय सांसद गोविन्द बहादुर न्यौपानले ज्येष्ठताको आधारमा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कांग्रेसको संसदीय दलको चुनाव आज, बिहान ८ देखि १० बजेसम्म मतदान

कांग्रेसको संसदीय दलको चुनाव आज, बिहान ८ देखि १० बजेसम्म मतदान

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य